बिएल संवाददाता
नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले माओवादी पार्टी फुट्न लागेको दाबी गरेका छन्।
शनिबारबाट राजधानीमा सुरु भएको एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बस्नेतले माधव नेपालको आडमा माओवादी अध्यक्ष प्रचण्डले आफ्नो गतिविधि गरेपनि दुवैको पार्टी फुटको संघारमा पुगेको दाबी गरेका हुन्।
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको नेतृत्वमा १५-१६ सांसद र नेकपा एसका ७ सांसदले विद्रोहको तयारी गरिरहेको उनको दाबी छ।
बस्नेत भन्छन्, ‘तपाईं (प्रचण्ड) माधव नेपालको आडमा यस्ता कुरा गर्दै हुनुहुन्छ। तपाईंकै पार्टीका जनार्दन शर्मालगायत क्रान्तिकारी साथीहरूलाई तपाईं सम्झाउन सक्नुहुन्छ? तपाईंका पार्टीका १५-१६ सांसदले विद्रोह गर्ने स्थिति बन्दैछ। माधव नेपालको पार्टी हो कि क्लब हो? तपाईंका पार्टीका ७ सांसद हात उठाएर पार्टी छाड्न तयार भइसकेका छन्।’
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया