बिएल संवाददाता
नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले माओवादी पार्टी फुट्न लागेको दाबी गरेका छन्।
शनिबारबाट राजधानीमा सुरु भएको एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बस्नेतले माधव नेपालको आडमा माओवादी अध्यक्ष प्रचण्डले आफ्नो गतिविधि गरेपनि दुवैको पार्टी फुटको संघारमा पुगेको दाबी गरेका हुन्।
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको नेतृत्वमा १५-१६ सांसद र नेकपा एसका ७ सांसदले विद्रोहको तयारी गरिरहेको उनको दाबी छ।
बस्नेत भन्छन्, ‘तपाईं (प्रचण्ड) माधव नेपालको आडमा यस्ता कुरा गर्दै हुनुहुन्छ। तपाईंकै पार्टीका जनार्दन शर्मालगायत क्रान्तिकारी साथीहरूलाई तपाईं सम्झाउन सक्नुहुन्छ? तपाईंका पार्टीका १५-१६ सांसदले विद्रोह गर्ने स्थिति बन्दैछ। माधव नेपालको पार्टी हो कि क्लब हो? तपाईंका पार्टीका ७ सांसद हात उठाएर पार्टी छाड्न तयार भइसकेका छन्।’
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया