बिएल संवाददाता
रौतहटको बौद्धिमाई नगरपालिका–८ र ९ सरमुजवामा सडक बिस्तारको क्रममा डोजर चलाइएको छ। बौद्धिमाई नगरपालिकाका नगर प्रमुख प्रदीप यादवको अगुवाइमा सडक क्षेत्रभित्र पर्ने संरचना हटाएको हो।
सडक क्षेत्रमा रहेका केहीको घरगोठ तथा परालको थुप्रो नगरपालिकाले हटाएको छ तर स्थानीयहरूले भने नगरपालिकाले जबर्जस्ती गरेको आरोप लगाएको छन्।
नगर प्रमुख यादवका अनुसार सडक बिस्तारका लागी स्थानीयलाई जानकारी दिएर नै संरचना हटाएको बताए। पटक पटक सूचना दिदा समेत बेवास्ता गरेपछि बाध्य भएर डोजर चलाइएको उनको दाबी छ।
यस विषयमा पछिल्लो एक महिनादेखी विवाद हुँदै आएको थियो। सरमुजवा घटनाको विरोध गर्दै आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गरेका छन्।
उनले सो घटनामा संलग्न प्रहरीलाई कारवाही गर्न माग गरेका छन्। एकातिर भोग चलनको आधारमा जनतालाई लालपुर्जा दिनका लागि भूमी आयोग गठन गर्ने अर्कोतर्फ जनताको उठीवास नै लगाईदिने काम दोहोरो चरित्रको भएको टिप्पणी साहले गरेका हुन्।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया