बिएल संवाददाता
कैलाली
पूर्वउपप्रधानमन्त्री तथा गृह–रक्षामन्त्री डा. भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान’मा नेकपा एमालेका पूर्वमन्त्रीसहित ३ सय ५८ जना नेता–कार्यकर्ताहरूले पार्टी त्याग्दै समाहित भएको घोषण गरेका छन्।
सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री तथा एमाले प्रदेश कमिटी सदस्य कृष्णराज सुवेदीसहित कैलालीको गोदावरी र गौरिगंगाका ३५८ जना एमाले नेता–कार्यकर्ताहरू ‘डा. रावलको देशभक्ति मार्ग’ रोजेको पत्रकार सम्मेलनमार्फत् जनाएका छन्।
त्यसो त एमालेको कारबाहीमा परेका धेरैजसो एमाले नेता-कार्यकर्ताहरू मातृभूमि जागरण अभियानमा थपिने क्रम जारी नै छ।
हप्ता दिनअघि एमाले कैलालीले पार्टीबाट निकालेका पूर्वमन्त्री सुवेदीसहित जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदीलगायत ३ सय ५८ जनाले एमाले छाडेर नेता रावलको अभियानमा जोडिएको जानकारी दिएका छन्।
रावलनिकट स्रोतकाअनुसार उक्त अभियानमा कैलालीको गोदावरी र गौरिगंगा नगरपालिकाका करिब २ सय ५० भन्दा बढी एमाले संगठित सदस्य रहेको बताइएको छ।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया