बिएल संवाददाता
राप्रपा केन्द्रीय सदस्य रवि किरण हमालले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री पद्धतिमा पार्टीले सशक्त भूमिका खेल्नुपर्ने बताएका छन्।
काठमाडौंमा जारी कार्यसमिति बैठकमा धारणा राख्दै किरणले विश्वका शासकीय स्वरुप अध्ययन गर्दा राजसंस्था र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कतै नभएको तर राप्रपाले अगाडि सारेका कारण नयाँ प्रयोग भएकाले संस्थागत धारणा निर्माण गर्नुपर्नेमा जोड दिए।
किरणले नेपाल भूराजनीतिको गम्भीर चपेटामा फस्ने खतरामा रहेको भन्दै केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण समेत गराए। सांसदहरूले हाउसमा जनताका मुद्दालाई गम्भीरतापूर्वक र एकदमै आक्रमक तवरले राख्नुपर्ने समेत सुझाव दिए।
किरणले अध्यक्षको आलोचना नगर्न आग्रह समेत गरेका छन्। रास्वपा सभापतिदेखि अन्य शीर्ष पार्टीका अध्यक्षहरू विभिन्न प्रकरणमा मुछिएको तर राप्रपा अध्यक्ष स्वच्छ छवि भएको कारणले समेत पार्टी सदस्यलाई जनतामा जान सहज भएको कुरा सबैले मनन गर्न उनले आग्रह गरे।
नवीन राप्रपा कार्य योजनाअन्तर्गत ४० मुनिका युवाहरूलाई केन्द्रीय समितिमा ल्याउने नीतिअन्तर्गत केन्द्रीय समितिमा पुगेका किरणले पहिलोपटक केन्द्रीय कार्यसमिति बैठकमा भाग लिएका हुन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया