बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे अनावश्यक हल्ला फैलाउने काम भइरहेको भन्दै गुनासो गरेका छन्।
सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई रुघा लाग्दा पनि आईसीयूमा राखेको भेन्टिलेटरमा राखेको तस्बीर सार्वजनिक गर्ने गरिएको गुनासो गरेका हुन्।
उनले भने, ‘मलाई रुघाखोकी अलिक नराम्रोसँग लाग्यो। तर, मलाई रुघाखोकी यसो के हाच्छ्यु गरेको देख्यो भने आईसीयूको भेन्टिलेटरमा राखेको, आईसीयूमा अक्सिजन माक्स लगाएको फोटो आईहाल्छ।’
आफू अहिले पनि रुघाखोकीले राम्रो निको भइनसकेको तर, जे आशले आईसीयूमा देखाउँछन्, त्यो पूरा नहुने उनले बताए।
‘तपाईंहरूले पनि देख्नु/सुन्नुभयो होला। मलाई रुघा लागेको थियो । अहिले पनि राम्रै निको भइसकेको छैन। एन्टिबायोटिक खाँदा अलिक कमजोर (विक) बनाएको छ, कुरा त्यत्ति हो। जे आशमा साथीहरूले ती तस्बीर देखाउँछन्। तर, त्यो पुग्नेवाला छैन्,’ ओलीले भने।
चिसोका कारण घाँटीमा समस्या आएर चार दिनदेखि ओली सार्वजनिक कार्यक्रममा उपस्थित भएका थिएनन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया