मङ्गलबार, ३० डिसेम्बर २०२६

किस्ट अस्पतालको शौचालयमा युवकको शव फेला

News Image
• • •

ललितपुरस्थित किस्ट अस्पतालको शौचालयमा एक युवकको शव फेला परेको छ।

सोमबार ललितपुरको महालक्ष्मी नगरपालिका-८ बिशुन्डोलका  ३२ वर्षीय सन्दीप रावलको शव फेला परेको ललितपुर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अस्पतालको इमरजेन्सी वार्ड पछाडी रहेको शौचालयभित्र युवकको शव फेला परेको थियो।

घटनाको बारेमा आवश्यक अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!