बिएल संवाददाता
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले राजतन्त्रलाई फ्याँकेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका मानिसहरू नै सत्तामा गएपछि देशलाई डुबाउने हर्कतमा लागेको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित नेपाल समाजवादी विद्यार्थी युनियनको दोश्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले अहिले राजनीतिक परिवर्तनपछिको आर्थिक युग रहेको भन्दै व्यवस्थाभित्र रहेका कमिकमजोरीहरू पत्ता लगाएर देशलाई समृद्ध बनाउने र्फ केन्द्रीत हुनुपर्ने बताए।
उनले भने, ‘जसले हामी खुकुरी हान्दा पनि नडगमगाई आन्दोलनमा गइयो, हिजोको राजतन्त्रलाई फ्याकेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका मानिसहरू हौं हामी। तर तिनै मानिस सत्तामा जाँदा उही हर्कत गर्ने? भ्रष्टाचार गर्ने? अनेक काण्ड गरेर देशलाई डुबाउने? हामी फेरी परिवर्तन ल्याउँछौं। राजनीतिक परिवर्तन पछिको आर्थिक युग जुन छ त्यसको हामीले शक्ति आर्जन गरेर यो व्यवस्थभित्र रहेका जुन कमि कमजोरीहरु छन् सुशासनको कुरामा केन्द्रीत भएर हाम्रै जीवनकालमा यो देशलाई समृद्ध बनाउँछौं।’
त्यस्तै उनले समाजवादी विद्यार्थी युनियनलाई अरु पुराना पार्टीको जस्तो झोले बनाएर ठाडो आदेश नगर्ने बताए। विद्यार्थी संगठनलाई कुनै पनि किसिमको हस्पक्षेप नगरी स्वायत्तता प्रदान गर्ने उनले प्रतिवद्धता जनाए।
उनले भने, ‘हामीले अरु पुराना पार्टीको जस्तो झोले बनाएर र पूरै ठाडो आदेश गर्ने विद्यार्थी सम्मेलनमा पनि कसैको आदेश हुन्छ? हामीले सुनिरहेको हुन्छौ। सबैभन्दा क्रान्तिकारी भनिएको हाम्रो साथीहरूको पनि कहिले पानी खन्याइदिने कसैलाई जलाइदिने गरेर आफ्नै मान्छे राख्ने खराब प्रवृत्ति एकतर्फ छ भने हामी त्यसरी हस्तक्षेप गर्दैनौं। हाम्रो विद्यार्थी संगठन स्वायत्त हुन्छन्। विधानमा मै लेखेको छौं।’
राजनीतिक स्थिरता भयो, प्रत्यक्ष निर्वाचन प्रणालीबाट पाँच वर्ष प्रत्यक्ष रुपमा सरकार चलाउन पाइयो भने २० वर्षभित्र नेपाललाई अहिलेको गरिबीको अवस्थाबाट समृद्धिको अवस्थामा पुर्याउन सकिने उनको भनाई छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया