बिएल संवाददाता
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले एमालेलाई कमजोर बनाउन खोज्नेहरूले पार नपाउने बताएका छन्।
बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित सहिदहरूको सम्झनामा स्रष्टाहरूको आवाज तथा पुस्तक विमोचन कार्यक्रममा उनले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरू एमालेलाई कमजोर बनाउनको लागि सबै सम्भव पक्षलाई परिचालित गरि रहेको भन्दै यो असम्भव रहेको बताए।
उनले भने, ‘अहिले नेकपा एमालेको विरुद्धमा एउटा यस्तो खालको वातावरण बनाउन खोजिँदैछ कि एमाले बर्बादीको कारण हो। तर म भन्न चहान्छु- एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीको विरुद्धमा यस्तो कुराहरू किन उठ्दैछ भने एमालेलाई कमजोर बनाइयो भने, एमालेलाई समाप्त बनाइयो भने मात्र आफ्ना अभिष्टहरू पूरा हुन सक्छन् भन्ने देशी विदेशी प्रतिक्रियावादी शक्तिहरू यसमा केन्द्रीत भएर लागेका छन्। एमालेलाई कमजोर बनाउनको लागि सबै सम्भव पक्षलाई परिचालित गरिएको छ। एमालेलाई कमजोर बनाउन खोज्नेहरुले पार पाउने छैनन्। यो सम्भव हुने छैन्।’
यसको साथै, उनले गौरवशाली इतिहास र भविष्यको मार्गचित्र नै नभएको पार्टीहरू बाहिर आएको भन्दै यस्ता पार्टीहरूको जुन नाटक मञ्चन भईरहेको छ त्यसको कुनै अर्थ नभएको बताए।
उनले समाज, पार्टी, आन्दोलन सबै ठाँउमा जो सक्रिय हुन्छ त्यसले नै अगुवाई गर्ने हैसियत राख्ने भन्दै सक्रिय हुन नसक्नेहरू र नचाहनेहरू कहिले पनि अगुवाई गर्न नसक्ने बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया