बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन अखिल (क्रान्तिकारी)को केन्द्रीय कोषाध्यक्षमा फूलमाया रानामगर 'खुसी' निर्वाचित भएकी छन्। उनी उपमहासचिव जनार्दन शर्मानिकट हेमन्त राई प्यानलकी हुन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी मतगणनामा उपत्यका विशेष र विश्वविद्यालय विशेष प्रदेशको कोषाध्यक्ष पदको मतगणना सकिँदा रानामगर निर्वाचित भएकी हुन्।
रानामगरले ५९६ मतका साथ वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट उपदेश यादव प्यानलकी पार्वता चाम्लागाई (पारू)लाई मात खुवाइन्। प्रचण्ड-शक्ति निकट विजयप्रकाश सापकोटा प्यानलका महेन्द्रबहादुर चन्द तेस्रो स्थानमा खुम्चिए।
अहिले उपमहासचिव र महासचिवको मतगणना भइरहेको छ। त्यसपछि उपाध्यक्ष र अध्यक्षको मतगणना सुरू हुनेछ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया