बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले माओवादीहरुले व्यक्तिगत राजनीतिक स्वार्थ पूर्तिको लागि हजारौं व्यक्ति हत्या गरेको आरोप लगाएका छन्।
बुधबार ८५ औं सहिद दिवसको अवसरमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले माओवादीहरूले गरेको व्यक्ति हत्यामा राष्ट्रियता प्रजातन्त्र र राजसंस्थाप्रति आस्था राख्ने व्यक्तिहरू पनि धेरै ठूलो संख्यामा सहिद भएको बताए।
उनले भने, ‘निजी राजनीतिक स्वार्थ परिपूर्तीको लागि हजारौंको संख्यामा माओवादीहरूले व्यक्ति हत्या गरे। त्यो व्यक्ति हत्याको श्रृंखलामा राष्ट्रियता प्रजातन्त्र र राजसंस्थाप्रति आस्था राख्ने व्यक्तिहरू पनि धेरै ठूलो संख्यामा सहिद भएका छन्। माओवादी आतंकको शिकार भएका छन्।’
उनले देश परिवर्तनको क्रममा ज्यान गुमाउने सहिदहरूलाई सधैं सम्झिनु पर्ने बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया