बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले माओवादीहरुले व्यक्तिगत राजनीतिक स्वार्थ पूर्तिको लागि हजारौं व्यक्ति हत्या गरेको आरोप लगाएका छन्।
बुधबार ८५ औं सहिद दिवसको अवसरमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले माओवादीहरूले गरेको व्यक्ति हत्यामा राष्ट्रियता प्रजातन्त्र र राजसंस्थाप्रति आस्था राख्ने व्यक्तिहरू पनि धेरै ठूलो संख्यामा सहिद भएको बताए।
उनले भने, ‘निजी राजनीतिक स्वार्थ परिपूर्तीको लागि हजारौंको संख्यामा माओवादीहरूले व्यक्ति हत्या गरे। त्यो व्यक्ति हत्याको श्रृंखलामा राष्ट्रियता प्रजातन्त्र र राजसंस्थाप्रति आस्था राख्ने व्यक्तिहरू पनि धेरै ठूलो संख्यामा सहिद भएका छन्। माओवादी आतंकको शिकार भएका छन्।’
उनले देश परिवर्तनको क्रममा ज्यान गुमाउने सहिदहरूलाई सधैं सम्झिनु पर्ने बताए।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया