
बिएल संवाददाता
ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पाथीभराको टुप्पोमा कुनै होटल वा रेष्टुरेन्ट बन्न नदिईने बताएका छन्।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत ताप्लेजुङमा निर्माणाधीन पाथीभरा देवि मुकुम्लुङ केबलकार सम्बन्धमा आफ्ना धारणा व्यक्त गर्दै उनले बाहिर २५ हजार रुख काट्ने प्रचार गरिएकोमा आपत्ति जनाउँदै त्यसमा कुनै सत्यता नरहेको बताए।
उनले भने, ‘निर्माण कम्पनीले प्रस्तुत गरेको डीपीआर र राज्यका निकायले स्वीकृत गरेको परियोजना प्रस्ताव तथा वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिविदेनका आधारमा हेर्दा केबलकारको संचालनले कुनै पनि धर्म संस्कृति र आस्थालाई कमजोर पार्ने देखिदैन।’
उनले थपे, ‘पवित्र कान्छी थान भन्दा केबलकार करिब २ सय मिटरका दुरीमा छ। पाथीभराको मूल मन्दिरभन्दा करिब ८ सय मिटर बाहिर केबलकार स्टेशन निर्माण हुने देखिन्छ। पाथीभराको टुप्पोमा कुनै होटल वा रेष्टुरेन्ट बन्ने छैन र बन्न दिईने छैन। रुख तथा पोल गरेर २११२ कटान हुनेछ। बाहिर प्रचार गरिए जस्तो २५ हजार रुख काटने हल्लामा कुनै सत्यता छैन।’
त्यस्तै उनले ताप्लेजुङ बासीहरूको सहमतिमा जिल्लामा गर्नुपर्ने विकास-निर्माण र अन्य कामका बारेमा निर्णय गर्न ताप्लेजुङका नेतृत्व सक्षम रहेको पनि बताए।
उनले भने, ‘ताप्लेजुङमा निर्माण हुने केबलकार वा जलविद्युत आयोजनाका बारेमा देशका विभिन्न भागमा बसोवास गर्ने महानुभावहरू तथा विदेशमा रहनु भएका नेपाली दिदीबहिनी तथा दाजुभाईले राख्नु भएको चासो र चिन्ताको हामी सम्मान गर्दछौं। र धन्यवाद व्यक्त गर्दै ताप्लेजुङबासीहरूको आम सहमतिमा जिल्लामा गर्नुपर्ने विकास-निर्माण र अन्य कामका बारेमा निर्णय गर्न ताप्लेजुङका नेतृत्व सक्षम रहेको सबैमा निवेदन गर्दछु।’
सांसद भट्टाईले केबलकार पक्षले ताप्लेजुङका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपाङ्गहरूका लागि निःशुल्क सेवा दिने घोषणा गर्नु आवश्यक रहेको बताए।
केबलकारको शुल्कमा ताप्लेजुङवासीलाई ५० प्रतिशत सहुलियत दिनुपर्छ। स्थानीय शिक्षा, स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्ने पनि उनको भनाई छ।
उनले भने, ‘प्रभावित क्षेत्रका नागरिकहरूलाई सुलभ शेयरको व्यवस्था गर्नुपर्छ। रोजगारीको क्षेत्रमा ताप्लेजुङबासीलाई पहिलो प्राथमिकता दिनुपर्छ। केबलकारको शुल्कमा ताप्लेजुङबासीलाई ५० प्रतिशत सहुलियत दिनुपर्छ।’
त्यस्तै उनले माघ १२ गतेको घटना प्रति दुख व्यक्त गर्दै उनले त्यसक्रममा घाईते भएका प्रहरी निरीक्षकलगायत नेपाल प्रहरी, शसस्त्र प्रहरी बलका जवानहरू तथा नागरिकहरूको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरे।
पाथीभरा केबलकार निर्माणको कार्यलाई अघि बढाउदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कोष र सरकारले थप बजेटको व्यवस्था गरी स्थानीय संस्कृतिका जर्गेना र सम्बद्धनका लागि मुकुम्लुङ पार्क तथा संग्रहालय निर्माणलाई अघि बढाउन उनले माग गरे।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया