बिएल संवाददाता
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक पेस गर्दैमा बायसको धारणा बनाउन उपयुक्त नहुने बताएका छन्।
बिहीबार प्रेस चौतारी नेपाल ललितपुरको छैटौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विधेयक पेस गर्दैमा त्यसको बायसको धारणा बनाएर लोकतन्त्रलाई अमर्यादित बनाउन नहुने बताएका हुन्।
उनले भने, ‘ध्यान दिनुपर्ने कुरा के हो भने लोकतन्त्र मर्यादित भयो भने मात्रै लोकतन्त्र बाँच्छ। लोकतन्त्रलाई अराजकतन्त्रतिर, अर्मायादातिर स्वछन्दतातिर धकेल्न थालियो भने लोकतन्त्र कमजोर गर्ने तन्त्रहरूलाई संकटमा पार्ने त्यही अराजकता र त्यही स्वच्छन्दता बन्नसक्छ।’
उनले एमाले नेतृत्वको सरकार प्रेस र अभिव्यक्ति स्वतन्त्रलाई संकोचन गर्ने पक्षमा नरहेको बताए। उनले आफूहरू समृद्ध नेपाली, सुखी नेपालीको मर्मलाई बोक्न सक्ने लोकतन्त्रको पक्षमा रहेको बताए।
उनले भने, ‘एमालेले कहीँ कतै पनि प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने, मान्छेको बोल्न र अभिव्यक्त गर्ने पाउने विचारलाई संकुचन गर्ने कुरा सोच्न पनि सक्दैन। ३० वर्ष लामो पञ्चायती तानशाही झेलेर आएका हौँ। हाम्रा नेताहरू जेलको गोलघरभित्र बसेर आउनु भएको छ। स्वतन्त्रता खोसिँदाको पीडा हामीलाई थाहा छ। एमाले र एमाले नेतृत्वको सरकारले प्रेस र अभिव्यक्ति स्वतन्त्रलाई संकुचनमा राख्दैन।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया