
बिएल संवाददाता
समाजवादी मोर्चाले चैत्र २४ गते देशमा देखिएका वर्तमान समस्याहरूको विरुद्धमा जनप्रदर्शन सहितको सभा गर्ने निर्णय गरेको छ।
बुधबार आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले उक्त निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिएका हुन्।
उनले भने, ‘देशमा जुन देखिएका समस्याहरू छन्। यसको विरुद्धमा एउटा ठूलो जनप्रदर्शन गरौं जनप्रदर्शनसहितको काठमाडौंमा सभा गरौं भन्ने सम्म आइपुगेका छौं। चैत्र २४ गते जुन ऐतिहासिक दिन छ। त्यो दिनमा काठमाडौंमा भव्य र शानदार रुपमा सम्पन्न गरौं भन्नेमा पुगेको छौं।’
यस्तै, चैत्रको पहिलो हप्ता १ देखि ५ गतेभित्र मधेसमा एउटा जनसभा गर्ने पनि निर्णय गरेको उनले जानकारी दिए।
त्यस्तै, उनले समाजवादी मोर्चाको विचार नीति र उद्देश्यलाई आम जनतासम्म पुर्याउन समाजवादी मोर्चा प्रकाशन गर्ने पनि निर्णय भएको जानकारी दिए।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया