मङ्गलबार, २५ अगस्ट २०२६

संविधान संशोधन एमाले-कांग्रेसको मात्रै मुद्दा होइन : शेखर कोइराला

News Image
• • •

नेपाली कांग्रसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले संविधानमा प्राप्त उपलब्धिलाई संरक्षण गर्दै संविधान संशोधन जरुरी रहेको बताएका छन्।

बिहीबार नेपाल नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजिवी विभाग र डेमोक्रेटिक लयर्स यसोसियसनले संयुक्त आयोजनामा भएको ‘संविधान संसोधन, आवश्यक्ता र चुनौती’ विषयक कोशी प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताएका हुन्।

कोइरालाले भने, ‘प्रतिनिधि सभामा भएका सिटमध्ये महिलाको सिट ३३ प्रतिशत चुनाव लड्ने सुरक्षित गरौं । जहाँ महिला महिला नै लड्ने बातावरण नबनाऔं । दलितलाई पनि चुनाव लड्ने वातावरण बनाऔं ।’ 

कोइरालाले सरकारले गर्ने हरेक गलत कुराको समर्थन गर्न नसकिने बताए ।

नेता कोइरालाले संविधान निर्माणका बेला आफूले संविधान सभामा राखेको संशोधनको प्रस्तावका बारेमा सम्झिदै भने, ‘त्यो बेला संविधान यथास्थितिमा हुन सक्दैन भनेर नै संशोधन हालिएको थियो। त्यहाँ त मार्सल लगाएर बाहिर निकालिएको अबस्था थियो।’

नेता कोइरालाले संविधान संशोधन सबैको सहमतिमा हुनुपर्ने कुरालाई जोड दिएका छन् । ‘यहाँ केपी ओलीजी बहुमत नपुग्ने देखेर ०८७ सालमा मात्रै हुने कुरा गर्दै हिड्नुभएको छ । तर संविधान कांग्रेसको मात्रै हो र? एमालेको मात्रै हो र? त्यसकारण सबैलाई समेटेर अगाडि बढ्नुपर्छ।’

कोइरालाले न्याय परिषदमा भागबण्डाको कुराले न्यायपालिका जर्जर भएको उल्लेख गरे। 

‘यहाँ न्यायाधीश कसको कोटाबाट पर्यो भन्ने अवस्था थियो । न्यायपालिका स्वतन्त्र हुनुपर्यो,’ उनले भने।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!