बिएल संवाददाता
संसदमा रास्वपा सभापति रवि लामिछानेलाई जोगाउनु पर्ने प्रस्ताव आएपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विपक्षी दलको बैठकमै बम्किएका छन्।
बिहीबार सिंहदरबारमा बसेको विपक्षी दलको बैठकमा रास्वपाका नेताहरूले रविमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइएकाले उनको सांसद पद जोगाउन संसदमा आवाज उठाउनु पर्नु पर्ने माग गरेपछि उनी बम्किएका हुन्।
शुक्रबारदेखि शुरु हुने संसद् अधिवेशनमा विपक्षी गठबन्धनको साझा धारणा बनाउन सिंहदरबारमा विपक्षी दलहरूको बैठक बसेको थियो। रास्वपा नेताहरूले सरकारको गलत कदमको विरोध गर्ने क्रममा रविको मुद्दा पनि सँगै उठाउनुपर्ने माग गरेका थिए।
रास्वपा नेताहरूको कुरा सुन्ने वित्तिकै चित्रबहादुर केसी ‘जुन औंलामा विष लाग्छ त्यही झर्छ’ भन्दै कड्किएका बैठकमा सहभागी एक नेताले बताए।
बैठकमा केसीले व्यक्तिगत एजेन्ड बोक्न नसकिने उल्लेख गर्दै रविको कुरा उठाउने भए जनमोर्चाको संघीयता खारेजीको मुद्दा पनि उठाउनु पर्ने माग गरेपछि रविको विषयमा सहमति हुन सकेन।
रवि लामिछानेविरुद्ध गत पुस ७ गते जिल्ला अदालत कास्कीमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा चलेपछि पुस ८ गते संसद सचिवालयले लामिछानेको सांसद पद निलम्बन गरेको थियो।
माओवादी-रास्वपाले भने लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध लिएर पक्राउ र मुद्दा चलाइएको भन्दै विरोध गर्ने तयारी गरेका छन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया