बिएल संवाददाता
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले सत्ता पक्ष र प्रतिपक्षका नेताहरूलाई समान मुद्दामा फरक-फरक व्यवहार गरेको दाबी गरेका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै लिङदेनले रास्वपा सभापति रवि लामिछानेलाई ८४ दिनसम्म हिरासतमा राख्दा एमाले-कांग्रेसका नेता र आफन्तलाई एक दिन पनि हिरासत नराखी रिहा गरिएको बताएका हुन्।
उनले भने, ‘एकजना पार्टीको अध्यक्ष ८४ दिन प्रहरी हिरासतमा बस्नुभयो। त्यही प्रकृतिको मुद्दामा, त्यो भन्दा पनि ठूलो सहकारीकै सञ्चालक भएका मानिसहरुले एकदिन हिरासित बस्नुनपर्ने तपाईँको पार्टीको मान्छेले? कानुन त सबैलाई बराबर लाग्नुपर्छ होला नी? एउटा मान्छेले अदालतसम्म पुग्नको लागि ८४ दिन हिरासत बस्नुपर्ने, अरु खुत्रुकै अदालतमा हाजिर भएर घर जान पाउने कस्तो व्यवस्था हो? यो पक्षपात र दुरुपयोग हो कि होइन?’
त्यस्तै उनले सरकारले रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धिकरणको डण्डा चलाएकोमा स्वागत गर्दै अब हरू नेताहरूको पनि सम्पत्ति शुद्धीकरण हुनुपर्ने माग गरे।
उनले भने, ‘रवि लामिछानेको सम्पत्ति छानबिन हुनु हुन्न, शुद्धीकरण हुनुहुन्न भन्ने होइन। ठिक गर्नुभयो। तर, अब हामी अरु नेताको गर्नुपर्ने कि नपर्ने? प्रधानमन्त्रीको, प्रधानमन्त्रीको वरपरका मानिसको गर्नुपर्ने कि नपर्ने? अरु पार्टीका नेताहरूको गर्नुपर्ने कि नपर्ने? गरौँ न।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया