बिएल संवाददाता
अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियाको एक मलनजिकै ६ जना यात्रु बोकेको एयर एम्बुलेन्स (विमान) दुर्घटना भएको छ। दुर्घटना भएको क्षेत्रमा धुवाँ र आगो देखिएको छ।
जेट रेस्क्यु एयर एम्बुलेन्सले आफ्नो विमानमा सवार कोही पनि जीवित रहेको पुष्टि गर्न नसकेको बताएको छ। विमानमा चालक दलका ४ सदस्य, एक बाल रोगी र उनका अभिभावक थिए। उनीहरूको अवस्थाबारे हालसम्म पुष्टि भएको छैन।
उनीहरू मेक्सिकोको तिजुआनामा आफ्नो घर जाँदै थिए।
लियरजेट ५५ उत्तरपूर्वी फिलाडेल्फिया विमानस्थलबाट मिसौरीको स्प्रिंगफिल्ड–ब्रान्सन राष्ट्रिय विमानस्थल जान प्रस्थान गरेको र स्थानीय समयानुसार साँझ ६ः३० बजेतिर दुर्घटनाग्रस्त एफएएले विज्ञप्तिमार्फत जनाएको छ।
घटनापछि आपतकालीन सेवाहरू घटनास्थलमा आगो निभाउन सक्रिय भएका थिए। विमानले उक्त क्षेत्रका धेरै भवनहरू र कारहरूलाई ठक्कर दिएको थियो।
गत बुधबार राति मात्रै अमेरिकाको राजधानी वासिङ्टन डीसीमा विमान र सैन्य हेलिकप्टर आकासमा ठोकिएर खस्दा ६७ जनाको मृत्यु भएको थियो। (डेलीमेल)
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया