बिएल संवाददाता
स्वतन्त्र सांसद अमरेस कुमार सिंहले अहिलेको सरकार आफ्नै छाँयाबाट डराइरहेको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकपश्चात संचारकर्मीहरूसँग बोल्दै उनले कांग्रेस र एमालेहरूले सर्वोच्च अदालतमा आफ्नो कार्यकर्ता भर्ती गरेको र त्यही सर्वोच्च अदालतको न्यायधीशहरूको फैसलाबाट डराइरहेको बताएका हुन्।
उनले भने, ‘कांग्रेस र एमालेहरूले सर्वोच्च अदालतमा आफ्नो न्यायधीशहरू कार्यकर्ता भर्ती गरेको छ। त्यही सर्वोच्च अदालतको न्यायधीशहरूको फैसलाबाट डराइरहेको छ। आजको दिनमा नेपालको लोकतन्त्र धानेको नै सामाजिक सञ्जाल, युट्युब र सानो मिडियाले हो। ठुला मिडिया त आफ्नो इन्ट्रेस्टमा सरकारसँग बार्गेनिङ गर्छ र आफ्नो इन्ट्रेस्ट पुरा भएपछि चुप लगाउँछ। तर सामाजिक सञ्जालहरूमार्फत जुनसुकै नेपाली होस् देशमा या विदेशमा बसेर सरकारको नियमन गरिरहेको हुन्छ।’
सरकारले आफ्ना कर्तुतहरू लुकाउँन सामाजिक सञ्जाल विधेयक ल्याएको उनको दाबी छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया