बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकरले’ अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित आफूनिकट विद्यार्थी नेताहरूको छुट्टै भेला आयोजना गरेका छन्।
संस्थापक इतर समूहको नेतृत्व गर्दैआएका उनले क्रान्तिकारीको निर्वाचनमा आफ्नो समूहबाट निर्वाचित ‘पदाधिकारी—सदस्य’ र ‘पराजित उम्मेदवार’हरूलाई मात्रै बोलाएको बताइएको छ।
उपमहासचिव शर्मा र पूर्वमन्त्री सुदन किराँतीद्वारा शुक्रबार साँझ कलंकीस्थित ‘मेगा ब्यांक्वेट’मा आयोजित रात्रिभोज समारोहमा क्रान्तिकारीका २२ पदाधिकारीसहित झण्डै ७० प्रतिशत नेता–कार्यकर्ताहरू सहभागी थिए।
विद्यार्थी संगठनको राष्ट्रिय सम्मेलनमा ‘हेडक्वाटर’ भनेर चर्चा गरिएका ‘प्रचण्ड—शक्ति’ले तयार पारेको प्यानलविरुद्ध समानान्तर ‘प्यानल’ खडा गरेर चुनावमा सानदार नतिजा हात पारेपछि शर्मानिकट नेता—कार्यकर्ताहरू उत्साहित छन्।
आफ्नो समूहका धेरैजसो उम्मेदवारहरू निर्वाचित भएपछि शर्माले आयोजना गरेको रात्रिभोजले यतिबेला माओवादीभित्र चर्चा पाइरहेको छ। कतिपय माओवादी नेताहरूले गुटबन्दीको संज्ञा दिएका छन्। तर उनीनिकट विद्यार्थी नेताहरूले भने यसलाई स्वभाविक भनेका छन्।
शुक्रबारको भेलामा उपमहासचिव शर्मा समूहबाट अध्यक्षको उम्मेदवार बनेका हेमन्त राईदेखि उमेरहद लागेर बिदा भएका दर्जनौँ नेता सामेल थिए।
क्रान्तिकारीमा अध्यक्षबाहेक ३३ पदाधिकारीमध्ये २२ जना शर्मानिकट विजयी भएका छन्। अध्यक्षमा भने अर्का उपमहासचिव शक्ति बस्नेतनिकट विजयप्रकाश शर्मा सापकोटाले निर्वाचित बने।
अध्यक्ष प्रचण्डले क्रान्तिकारीको नवनिर्वाचित कार्यसमितिलाई बिहीबार खुमलटार बोलाएर छलफल गरेलगत्तै शर्माले आफ्नो समूहका विद्यार्थी नेताहरूको छुट्टै भेला आयोजना गरेका हुन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया