बिएल संवाददाता
नेकपा एमालेका सांसद योगेश भट्टराईले अध्यादेशको विरोध गर्ने अधिकार नेमकिपाका सांसद प्रेम सुवाल र स्वतन्त्र सांसद योगेन्द्र मण्डलबाहेक अरूलाई नभएको बताएका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अन्य दल कुनै न कुनै समयमा सरकारमा र अध्यादेशको प्रक्रियामा सहभागी भएकोले विरोध गर्नु नौटंकी मात्र भएको बताएका हुन्।
उनले भने, ‘मलाई के लाग्छ भने यो संसदमा कसैले अध्यादेशको विरोध गर्ने अधिकार राख्छ भने जम्मा दुई जना माननीय प्रेम सुवा र योगेन्द्र मण्डलले मात्र राख्नुहुन्छ। उहाँहरूको आजसम्म सरकारमा सहभागिता छैन। त्यसदेखि बाहेक कुनै पनि दल कुनै पनि माननीयले अध्यादेशको प्रक्रियाको बारेमा विमती राख्नु नौटंकी मात्र हो।’
उनले माधव नेपालको नेकपा एसतर्फ लक्षित गर्दै उनले अध्यादेशबाट जन्मिएको पार्टीले पनि अध्यादेशको विरोध गरिरहेको भन्दै आलोचना गरे।
उनले भने, ‘जुन अध्यादेशबाट जन्मिएको पार्टी हो त्यो पार्टी अध्यादेश गलत छ भन्दैछ। यो चैं बडा अचम्म लागिरहेको छ। अध्यादेशबाट जन्मिएको छ, अध्यादेश ठिक छैन भन्दैछ। यो के हुन लागेको हो नेपालमा? अचम्मै भइरहेको छ।’
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया