रविको रिट न्यायाधीश ढुंगानाको इजलासमा, सुनुवाइ जारी
रास्वपा सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश बदर गर्न माग गरिएको रिटको सुनुवाइ जारी छ। शुक्रवार रवि पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा दर्ता गरेको रिटमाथि सुनुवाइ सुरु भएको हो। आइतबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भइरहेको छ। सहकारी ठगी र संगिठत अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड रूपैयाँ धरौटीमा छाड्न आदेश गरेको थियो। तर उच्च अदालतले थुनामा पठाउने आदेश गरेपछि रवि जेल चलान भएका छन्।
बिएल संवाददाता - काठमाडौं