आइतबार, २८ डिसेम्बर २०२६

योगी आदित्यनाथबारे के भने देउवाले?

‘अस्ति मैले बोल्दा गलत सूचना भयो। भारतका उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयमा बोल्न पुगेछु। उहाँ दिल्लीको राजदूतावासमा आउनुभएको होइन, दिल्लीको राजदूतले उहाँलाई भेट्न जाँदा भएको कुरा हो’ शनिबार स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिकोत्सवलाई सम्बोधन गर्दै देउवाले भने ‘हामी नेपालमा राजाको पक्षमा छैनौँ, यो बेकारको हल्ला हो, मेरो फोटो छापे पनि त्यो होइन भन्नुभएको हो। दूतावासमा आउनुभएको होइन। यो पनि म खण्डन गर्न चाहन्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काँग्रेस सत्तामा छ तर सरकारमा छैन: कोइराला

‘नेपाली काँग्रेस पनि सरकार छ। तर मैले भन्ने गरेको छु, काँग्रेस सत्ता छ, सरकारमा छैन। एमाले नै कुनै ठाउँमा नेपाली काँग्रेसको प्रतिस्पर्धी हो। त्यसैले अहिले यो सरकारलाई हामीले खबरदारी गर्नुपर्छ भनेको हो। नत्र काँग्रेस नै अप्ठ्यारोमा पर्छ’ बिपी स्मृति अस्पतालको एउटा कार्यक्रममा कोइरालाले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

शिक्षक आन्दाेलनका कुरा लण्डनसम्मै

महिनादिनदेखि काठमाडौंमा आन्दोलन गरिरहेका सरकारी शिक्षकहरूको आन्दोलन बारे लण्डनमा चर्चा भएको छ।  त्यहाँ भइरहेको इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस् फेडेरेशनको चालु विश्व कार्य समितिको बैठकमा यहाँका शिक्षकहरुको आन्दोलनबारे कुरा उठेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘यो ब्यापार युद्ध कसैले जित्दैन, बरु सुरु गर्ने नै पराजित हुनेछ’

‘यो कसैले जित्ने युद्ध होइन। संसारको नियमविपरीत जानु भनेको बरु आफैले हार्नु हो’ शुक्रबार स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजसँगको भेटका क्रममा उनले भनेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आफ्नै छोरीमाथि पटक पटक बलात्कार, मुख मैथुन र भिडिओ रेकर्ड…

एक त्यस्ती छोरीको कथा हो जसलाई आफ्नै बुवाले घरमै बलात्कार गरिरहे। एकपटक होइन, पटक पटक। धेरै पटक। बलात्कारमात्रै गरेनन्, भिडिओ बनाए। नीलो सिनेमाको स्टाइलमा उनले पोजिशन-पोजिशनमा जबर्जस्ती गरेका भिडिओहरू खिचेर उनले आफ्नै मोबाइलमार्फत गुगल ड्राइभमा सेभ गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

केपी ओलीबिनाको एमाले बनाउँछौं भनेर चिच्याउनेहरू आफै सकिएका छन्- प्रधानमन्त्री ओली

‘एमालेलाई सिध्याउँछु, केपी ओलीविनाको एमाले बनाउँछु भन्नेहरु सफल हुँदैनन्। म धेरै बाँच्ने होइन, त्यसपछि पनि मभन्दा बलवान नेताहरु पार्टीमा आउनेछन्। यस देशको विकासको भाग्यरेखा हामी आफै कोर्छौं। मान्छेको घरमा आगो लगाएर  र पसलबाट चोरेर भाग्नेहरुले क्रान्ति र परिवर्तनका लागि केही गर्न सक्दैनन्’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दुर्गा प्रसाईं र ‘बडिगार्ड’लाई १२ दिन हिरासतमा राख्न अनुमति

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र बडिगार्ड दिपक खड्कालाई १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट

रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्च अदालतमा  रिट दर्ता भएको छ। शुक्रबार रवि पत्नी निकिता पौडेल आफैं पुगेर रिट दर्ता गरेकी हुन्।  सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा अघिल्लो शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दुर्गा प्रसाईंलाई अदालत लगियो

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालयबाट काठमाडौँ जिल्ला अदालत लगिएको छ। सरकारी वकिलको कार्यालयमा बयान लिएपछि प्रसाईंलाई अदालत लगिएको हो।  चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका ‘कमान्डर’ प्रसाईंलाई झापाको भद्रपुर विमानस्थल हुँदै बुद्ध एअरको जहाजबाट काठमाडौं ल्याइएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लोकतन्त्रको घरमा आगो लगाएर राजतन्त्रको घर बनाउन सम्भव छैन–गृहमन्त्री

सुशासन र सेवा प्रवाहका कुराहरूमा काम गर्दै जाँदा कमीकमजोरी हुन सक्ने भन्दै उनले भने, ‘केही कमीकमजोरी भए भनेर लोकतान्त्रिक व्यवस्थाको विकल्प खोज्नु भनेको घरमा आगो लगाएर त्यही खरानीबाट अर्को घर बनाउनु भन्नुजस्तै हाे।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तीनकुने घटनाबारे पूर्वराजालाई साेध्नुपर्छ–जीवन परियार

नेपाली कांग्रेसका सांसद जीवन परियारले चैत १५ गतेको घटनाबारे छानबिन गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई समिति बैठकमा बोलाउनुपर्ने बताएका छन्। शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा बोल्दै उनले पूर्वराजासँग साेधपुछ गर्नुपर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याइयो

प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याएको छ।  बुद्ध एयरको जहाजबाट उनीसहित बडिगार्ड दीपक खड्कालाई पक्राउ गरेर भद्रपुरबाट काठमाडौँ ल्याएको हाे। गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा भएको हिंसाका उनी मुख्य दोषी हुन्। भीडलाई उत्तेजित बनाएर उनी प्रहरीकै घेराबाट भागेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दुर्गा प्रसाईंलाई आजै म्याद थप गरिने

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आजै म्याद थप गर्ने तयारी गरिएको छ। प्रहरीले झापाबाट काठमाडौं ल्याउँदै गरेका प्रसाईंलाई शुक्रबार नै म्याद थप गर्ने तयारी भइरहेको हो।  चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमाण्डर उनी भारतबाट पक्राउ परेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दुर्गा प्रसाईंसँगै पक्राउ परे ‘बडिगार्ड’ पनि

प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगै उनका बडिगार्ड दीपक खड्का पनि पक्राउ गरेको छ।  शुक्रबार विज्ञप्ति जारी गर्दै प्रवक्ता दिनेश कुमार आचार्यले प्रसाईं र खड्कालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइँदै गरेको जानकारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइदैं

गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा भएको हिंसाका उनी मुख्य दोषी हुन्। भीडलाई उत्तेजित बनाएर उनी प्रहरीकै घेराबाट भागेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चीनमाथि कर थपेर राष्ट्रपति ‘सी’ को फोन कुरिरहेछन् ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमाथिको भन्सार कर फेरि थपिदिएका छन्। अब चीनले आफ्नाम सामग्रीहरू अमेरिकी बजारमा बेच्दा त्यसको थप १४५ प्रतिशत भन्सार कर तिर्नुपर्नेछ।  यसअघि बुधबारमात्रै ट्रम्पले यस्तो कर १२५ प्रतिशत पुर्‍याएका थिए। तर त्यसमा फेरि उनले २० प्रतिशत पहिला नै लागु भइसकेको कर पनि समावेश गर्दै १४५ पुर्‍याएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विज्ञप्ति निकाल्दै नेपाल प्रहरीले भन्यो– दुर्गा प्रसाईं पक्राउ परेका छैनन्

नेपाल प्रहरीले बिहीबार राति एक विज्ञप्ति जारी गर्दै दुर्गा प्रसाईं पक्राउ नपरेको बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भ्रष्टाचार अन्त्य गर्न सरकार प्रतिवद्ध छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रहरू देश विकासका लागि कम्मर कसेर लागेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारण सभा एवं उद्घाटन समारोहमा बोल्दै उनले देशको अर्थतन्त्रलाई अगाडि बढाउन नीजि क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताएका हुन्। उनले भने, ‘निजी क्षेत्र देश विकासका लागि कम्मर कसेर लागेको छ। आत्मविश्वासका साथ लागेको छ। देशको अर्थतन्त्रलाई अगाडि बढाउन तीव्र  गतिमा अगाडि बढ्नुपर्ने छ। यसमा निजी क्षेत्र र सरकारको सहकार्यको  आवश्यकता छ। सहकार्य गरेर नै उपलब्धि हासिल गर्न सक्छौं, देश विकास गर्न सक्छौं। स्थिरता,  स्थायीत्व, सुशासन र विकासका लागि बनेको अहिलेको सरकारको मुख्य एजेण्डा हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पार्टीनिकट शिक्षकहरूसँग देउवाको भेट, भने- तपाईंहरूको माग कांग्रेसले सम्बोधन गर्छ

कांग्रेस शिक्षा विभाग प्रमुख तथा नेपाली कांग्रेस १५ औं महाधिवेशन महामन्त्री उम्मेदवार नैनसिंह महरसहित शिक्षक संघका प्रदेश अध्यक्षहरूसँगको छलफलमा सभापति देउवाले शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर रहेको बताएका हुन्। देउवाले शिक्षा ऐन जारी गर्ने विषयमा प्रधानन्त्री केपी शर्मा ओली र सत्तारुढ दल एमालेसँग आफूले निरन्तर छलफल गरिरहेको बताएका थिए। शिक्षा विभाग प्रमुख महरले पनि कांग्रेस शिक्षकको साथमा रहेको बताएका छन्।  ‘शिक्षकहरूका माग सम्बोधन गर्नेबारे सभापतिले मलगायत शिक्षक प्रतिनिधिहरूसँग छलफल गर्नु भएको हो। उहाँ यो विषयमा निकै गम्भीर हुनुहुन्छ। शिक्षा ऐन जारी हुनुपर्छ भन्नेमा पार्टी दृढ छ,’ महरले भने। सभापति देउवाको शिक्षकहरूसँग छलफल निकासका लागि उत्साहजनक भएको उनले बताए। यसअघि नै महरले विज्ञप्ति जारी गर्दै सरकारसँग आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न माग गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजु पाण्डेलाई तत्काल निलम्बन गर्न महानगरका कर्मचारी संगठनको माग

काठमाडौं महानगरमा कार्यरत कर्मचारी तथा पेशागत संगठनले नगर प्रहरी पप्रमुख राजु पाण्डेलाई तत्काल निलम्बन गर्न माग गरेका छन्।  नगर कार्यपालिकासमक्ष ११ बुँदे माग अघि सारेका पाँच संगठनले पहिलो बुँदामै पाण्डेलाई निलम्बन गरी छानबिन समिति बनाउँन माग गरेका हुन्। केही दिनअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेश गर्न रोक लगाउने क्रममा भएको नगर प्रहरिको व्यवहारप्रति प्रश्न उठाउँदै उनीहरूले पाण्डेलाई तत्काल निलम्बन गरी तीन दिनभित्र छानबिन समिति बनाउँ माग गरेका छन्। मागपत्रको पहिलो बुँदामा भनिएको छ, ‘चैत २१ गते महानगर प्रहरी बलका प्रमुखको अगुवाइमा भएको कार्यालयको मर्यादा विपरितका अनुशासनहीन गैह्रकानूनी, अमर्यादित एवं अनपेक्षित घटनाका बारेमा सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारवाही गर्न तीन दिनभित्र अधिकार सम्पन्न छानबिन समिति गठन गरी जिम्मेवारी दिइयोस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं