मङ्गलबार, १३ जनवरी २०२६

भारतमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

भारतमा ग्यास सिलिन्डर विस्फोट हुँदा नौ जना नेपालीको मृत्यु भएकाे छ। 

हिमाचल प्रदेशस्थित अर्की क्षेत्रमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानकाे सिद्धकुमाख गाउँपालिका–२ टाकुराका स्थानीयहरूकाे मृत्यु भएकाे हाे। 

सोमबार राति उनीहरू सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट भएर आगलागी हुँदा वरपरका घरहरू पनि जलेर ध्वस्त भएका छन्। 

घटनास्थलमै एकै परिवारका ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा विक, १० वर्षीया छोरी रेणुका विक र २२ महिनाका छोरा राजन विककाे मृत्यु भएकाे हाे।

त्यसैगरी अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उनकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु विक र ७ वर्षीय छोरा किरण विकको पनि मृत्यु भएको हाे। 

हालसम्म पाँच जनाको शव फेला परेको र बाँकी शवको खोजी कार्य जारी रहेको बताइएको छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!