राेल्पामा माओवादी कार्यकर्ताले कुटे प्रहरी हवल्दार

रोल्पाको त्रिवेणी गाउँपालिका–७ अँधेरीखोलामा मंगलवार बेलुका माओवादी कार्यकर्ताहरूले घर विदामा जाँदै गरेका प्रहरी हवल्दारमाथि आक्रमण गरेका छन्।

प्यूठानबाट बुटवल सरूवाको रमना लिएर विदामा घर जाँदै गरेका सोही वडाका प्रहरी हवल्दार रामबहादुर बाँठालाई मंगलवार बेलुका सोही वडाका खिम बाबुराजा डीसीलगायत माओवादी कार्यकर्ताको समूहले आक्रमण गरेको पीडितको भनाई छ।

वडाध्यक्ष हारेका माओवादी कार्यकर्ता डीसी लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी निकट मानिन्छन्।

दार्बाेट प्रहरी चौकीका हवल्दारको पनि संलग्नता

घटनामा दार्बाेट प्रहरी चौकीका हवल्दार साइकुमार चौधरीको पनि संलग्नता रहेको पाइएको छ।

घटनाको योजना बनाउनेदेखि घटना स्थल नजिकै पुगेर आक्रमणकारीहरूलाई अटो रिक्सामा ओसारपसार गर्ने कार्यमा हवल्दार चौधरी सहभागि भएका थिए। घटना पश्चात पनि चौधरीले पीडितलाई दार्बाेट चौकीमा राखेर मोबाइल र मोटरसाइकलको साँचो जफत दुई घण्टासम्म चौकीमा थुनेर दुरव्यवहार समेत गरेको पीडितको भनाई छ।

‘उहाँले मलाई उल्टै दोषी देखाउन जिल्ला प्रहरी कार्यालयमा गलत रिपोर्ट गर्नुभएको थियो,’ पीडितले भने, ‘तर अहिले चेक गर्दा उहाँले मादक पर्दार्थ सेवन गरेको देखियो मलाई देखिएन्।’

जाहेरी दर्ता हुँदै

ज्यान मार्ने उद्देश्यले आक्रमण भएकोले ज्यान मार्ने उद्योग अन्तर्गतकै जाहेरी दिने पीडितको भनाई छ।

पीडितले बुधवार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ताका लागि तयारी भइरहेको बताएका छन्।

प्रकाशित मिति: : 2022-07-20 09:55:00

प्रतिकृया दिनुहोस्