बिएल संवाददाता
बाँकेमा एमालेबाट निर्वाचित वडाध्यक्षको खुकुरी प्रहारबाट आफ्नै वडाका दुई स्थानीय युवा गम्भीर घाइते भएका छन्।
शनिबार राप्ती सोनारी गाउँपालिकाका– २ का अध्यक्ष ‘ज्ञानु’ भनिने ज्ञानेन्द्र वलीले विनौनामा खुकुरी प्रहार गर्दा स्थानीय युवा सन्दीप विष्ट र सुलभ मल्ल गम्भीर घाइते भएका हुन्।
उनीहरूको नेपालगञ्जको नर्सिङ होममा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भारतको लखनउ लगिएको छ।
तस्बिर: वडाध्यक्ष वली दायाँ
सामान्य विवादमा दुई युवामाथि वडा अध्यक्षवलीसहित नारायण डाँगी, नविन, लोके, ऋषी देवकोटालगायत करिव एक दर्जन युवा समूहले आक्रमण गरेका थिए।
नेकपा (एमाले)बाट निर्वाचित भएका वली आक्रमणपछि पक्राउ परेको प्रहरी जिल्ला प्रहरी कार्यालय बाँकले जनाएको छ। उनलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ।
यसअघि पनि वली-डाँगी समूहले अनुराग शाहलगायतका युवामाथि आक्रमण गरेका थिए।
चक्रे मिलन उर्फ मिलन गुरुङको समूहमा आवद्ध रहेर विगतमा नेपालगञ्जको सोल्टी होटलमा हातहतियार प्रदर्शन गर्ने गरेको यो समूहले बाँकेमा लामो समयदेखि विभिन्न आपराधिक गतिविधि गर्दै आइरहेको प्रहरी बताउँछ।

बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया