बिएल संवाददाता
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ कोरोला नाका हुँदै मुस्ताङ पुगेका छन्।
जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले चिनियाँ राजदूत चाङ माओमिङ मुस्ताङ आइपुगेको बताएकी हुन्।
प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार राजदूत चाङ शनिबार दिउँसो १२ बजेपछि मुस्ताङ आइपुगेका हुन्। उनका अनुसार राजदूतको भ्रमणको विस्तृत उद्देश्यबारे भने हालसम्म जानकारी प्राप्त भइसकेको छैन।
सीडीओ शर्माले भनिन्, ‘चिनियाँ राजदूत चाङ माओमिङ दिउँसो १२ बजेपछि मुस्ताङ आइपुग्नुभएको हो। उहाँको भ्रमणको विस्तृत उद्देश्यबारे अहिलेसम्म जानकारी प्राप्त भएको छैन।’
राजदूत चाङले मुस्ताङमा जिल्ला प्रशासनसहित जिल्लाका अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको शर्माले बताइन्। यद्यपि सडकको अवस्था र आवागमनको परिस्थितिअनुसार भेटघाटको कार्यक्रम प्रभावित हुनसक्ने उनको भनाइ छ।
राजदूत चाङ हाल लोमान्थाङमा रहेको बताइएको छ। उनको मुस्ताङ भ्रमणका क्रममा हुने भेटघाट तथा अन्य कार्यक्रमबारे थप विवरण आउन बाँकी छ।
प्रमुख जिल्ला अधिकारी शर्माले राजदूतको भ्रमणको मुख्य उद्देश्यबारे भने हालसम्म स्पष्ट जानकारी नभएको बताएकी छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया