राप्ती नदीले बगाउँदा एक जनाको मृत्यु

दाङमा राप्ती नदीले बगाउँदा एक जनाकाे मृत्यु भएको छ।

देउखुरीस्थित राप्ती नदीले बगाउँदा राप्ती गाउँपालिका–४, मौरीघाटका ४२ वर्षीय शङ्कर चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

बिहीबार हँसिया, खुर्पा र फरुवामा आरन लगाउन मौरिघाटबाट गढवा गाउँपालिका–१ जेठान गाउँ जाने क्रममा चौधरीलाई नदीले बगाएको थियो। चौधरीको शवलाई स्थानीयले बिहीबार साँझ सिसहनियाँ–महदेवा जोड्ने पुल मुनि देखेपछि प्रहरीलाई खबर गरेका थिए।

चौधरीको शवलाई लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-07-08 07:25:00

प्रतिकृया दिनुहोस्