न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
बिएल संवाददाता
चिनियाँ र भारतीय घुम्तेहरूका लागि थाइल्यान्डले भिसा नियमहरू सहज बनाउँदैछ। र, सबै देशका विदेशी आगन्तुकलाई लामो समयसम्म बस्न अनुमति दिने सम्भावना छ।
थाइल्यान्डका नयाँ प्रधानमन्त्री श्रीथा थाविसिनले अर्को वर्ष पर्यटन राजस्व लगभग हजार बिलियन अमेरिकी डलर पुर्याउने उपायहरू खोजिरहेका छन्।
कोरोना महामारीअघि चिनियाँ र भारतीय पर्यटकहरूले ‘महँगो र बोझिलो’ भिसा–आवेदन प्रक्रियाको सामना गर्नुपरेको थियो। अनि, नयाँ प्रधानमन्त्रीले पर्यटकहरूको संख्या तान्काउने याेजनाहरू खोज्दैछन्।
त्यस्तै, थाइल्यान्डले भारतीय पर्यटकलाई आकर्षित गर्ने थप जालहरू बुन्दैछ। भारतीय घुम्तेहरूका लागि मुख्यस्थल मानिँदै आएकाे छ थाइल्यान्ड। खासगरी भारतीय युवाहरू थाइल्यान्डकाे खुलापनामा खुब् रमाउँछन्। र, लाखाैँ पैसा खर्च गर्छन्।
थाई नयाँ सरकारले विदेशी पर्यटकहरूबाट गतिलो राजस्व उठाउने लक्ष्य राखेको छ।
थाइल्यान्डकाे अर्थतन्त्रमा पर्यटकहरूकाे राम्राे साथ छ। बैंक अफ थाइल्यान्डको पछिल्लो तथ्याङ्क अनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा पर्यटनको महत्वपूर्ण योगदान छ।
फुकेत पर्यटन संघका अध्यक्ष थानेथ तान्तिपिरियाकिजले चीन र भारतबाट आउने पर्यटकहरूलाई ‘भिसामा छुट दिनुभन्दा आवेदन शुल्क खारेज गर्नुपर्ने’ राय राखेका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया