सोमबार, १५ डिसेम्बर २०२५

सुहाङलाई केन्द्रीय सदस्य पनि पत्याएनन ओलीले, ईश्वरले समेट्दै

News Image
• • •

एमाले अध्यक्ष केपी ओलीले इलामका पूर्वसांसद सुहाङ नेम्वाङलाई केन्द्रीय सदस्य बनाउन पनि अस्वीकार गरेका छन्।

नेकपा एमालेको ११औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारी दर्ताको अन्तिम चरणमा ओली समूह र ईश्वर समूहले प्यानलै बनाएर उम्मेद्वारी घोषणा गरिरहेका छन्।

तर, पूर्वसभामुख तथा एमालेका पूर्वउपाध्यक्ष प्रभावशाली दिवंगत नेता सुवास नेम्वाङका सुपुत्र सुहाङलाई नै ओलीले केन्द्रीय सदस्यको उम्मेद्वार बनाउन अस्वीकार गरेका हुन्।

ओली प्यानलका नेताहरूले केन्द्रीय सदस्यको उम्मेद्वारका लागि सुहाङको नाम पनि प्रस्ताव गरेकोमा ओलीले अहिले नै केन्द्रीय सदस्यका लागि परिपक्क नभएको भन्दै अस्वीकार गरेका छन्।

ओलीले उम्मेद्वार बनाउन अस्वीकार गरेका सुहाङ नेम्वाङलाई ईश्वर समूहले समेट्ने प्रयास थालेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!