बिएल संवाददाता
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन्।
उनलाई काठमाडौंको कपनबाट पक्राउ गरेर पाँचथर पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले बताए।
धनकुटा पाख्रिपास नगरपालिका ९ घर भएका उनी हाल बूढानीलकण्ठ नगरपालिका ११‚ कपन बस्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय पाँचथरमा दर्ता भएको विस्फोटक पदार्थसम्बन्धी कसुर मुद्धामा फरार रहेका लामालाई मंगलबार पक्राउ गरिएको सीआईबीले जनाएको छ। ०८१ भदौ १४ गते पाँचथरमा भएको बम विस्फोटमा एक बालिकाको मृत्यु र दुई बालक घाइते भएको घटनामा उनीविरुद्ध मुद्धा दायर भएको थियो।
उनी कुमार, देवराज लामा र विश्वक्रान्ति उपनामले चिनिन्थे।
सीआईबीका अनुसार लामा १५ फागुन २०६८ मा काठमाडौं बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाइम बम बिस्फोट गराएको घटनामा संलग्न थिए।
उक्त बिस्फोटमा मानबहादुर तामाङसहित तीनजनाको मृत्यु भएको थियो। घटनामा सोमबहादुर तामाङ घाइते भएका थिए।
लामा कर्तव्य ज्यानमुद्धामा १२ असार २०६९ मा पक्राउ परेका थिए। उक्त मुद्धामा लामा नख्खु कारागार चलान भएका थिए।
तर, उनलाई ७ फागुन ०७६ को प्रजातन्त्र दिवसमा तत्कालिन सरकारले जेलमुक्त गरिदिएको थियो।
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
माओवादीका ‘निशान’ मेटाएर रुकुम फर्किएका ‘प्रचण्ड’ पाइलाहरू
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया