महेश चौलागाईं
प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै चार नयाँ अनुहारलाई क्याबिनेटमा प्रवेश गराउँदै छिन्।
कार्कीको मन्त्रिपरिषद्मा कर्णालीको दुर्गम जिल्ला जुम्लाबाट उठेका माधव चौलागाईं पनि सिफारिस भएका छन्। चौलागाईं वन तथा वातावरणमन्त्रीमा सिफारिस भएका हुन्।
त्यस्तै राजेन्द्रसिंह भण्डारी, श्रद्धा श्रेष्ठ र कुमार इङ्नाम पनि मन्त्री बन्दैछन्। चारैजनाको शपथ गराउने तयारी छ।
को हुन् मन्त्री बन्न लागेका माधव चौलागाईं?
माधव चौलागाईं जुम्ला तातोपानी गाउँपालीका–५ लामरा मा जन्मिएका हुन्। उनले ग्रामीण विकासमा एमए, एमपीएच गरेका छन्।
आफ्ना लेखनहरू मार्फत कर्णालीको विविधता र समृद्ध सामाजिक-सांस्कृतिक, भाषिक र ऐतिहासिक दृष्टिकोणलाई सक्रिय रूपमा प्रवर्द्धन गर्दै आएका छन्।
उनले कर्णालीभरि धेरै ठाउँहरूको भ्रमण गरेका छन् र ग्रामीण तथा दुर्गम स्थानहरूको जनसांख्यिकी, संस्कृति, पर्यटन, स्वास्थ्य र विकासमा विश्लेषणात्मक लेखहरू लेखेका छन्।
दुई दशकभन्दा बढी समयदेखि स्वास्थ्य र विकास कार्यक्रमहरूको लागि काम गर्दै आएका छन्। उनी वातावरणमैत्री माध्यमबाट जनता-केन्द्रीत दिगो शहर र गाउँहरूको वकालत गर्छन्। उनलाई साइकल चलाउन र छोटो कविता मन पर्छ।
उनको सामीप्यमा काम गरेका साथीहरू भन्छन्, ‘माधवले योजना भन्दा पनि भरोसालाई महत्व दिन्थे।’ सम्भवतः त्यही भरोसाले उनलाई आजका दिन सिंहदरबारको ढोका उघारिदिएको छ।
माधव चौलागाईंका लेखहरू
१- नेपालमा प्रसवपूर्व हेरचाह, परिवार नियोजन, र बिरामी शिशु हेरचाह सेवाको गुणस्तरको मूल्याङ्कन
२- पश्चिम नेपालको जुम्ला जिल्लामा महिला शैक्षिक स्थिति र वैदेशिक तथा बाल स्वास्थ्य हेरचाह अभ्यास
३- नेपालमा विगत १० वर्षमा एचआईभीको महामारी, कार्यक्रमगत प्रगति र अन्तर
४- चौलागाईं ‘सपादलक्ष्य कर्णाली’का लेखक पनि हुन्। ‘म मान्ठ हुँ’का लेखक समेत हुन्।
५- उनी स्वतन्त्र अनुसन्धानकर्ता मात्र होइन, कर्णाली हिरोका नेता पनि हुन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया