दाङको तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खडकाले पालिका भित्रका खानेपानी र विद्युतको न्यूनतम शुल्क मिनाहा गरिने बताएका छन्।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले बधाई तथा स्वागत सम्मान कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।
जनताले जीवनमा अति नै आवश्यक पर्ने पानी र विद्युत नि:शुल्करुपमा व्यवस्थापन गर्ने उनले उल्लेख गरे।
साथै उनले तुलसीपुरमा सहलगानीमार्फत् बबई नदीको पानी लिफ्टिङ गरेर पालिकाभित्र वितरण गरिने पनि जानकारी गराए।