शनिबार, १२ जुलाई २०२५

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र खाँणसहित ३२ जनाविरुद्ध मुद्दा दायर गर्न सिफारिस

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2023-05-21 12:30:00
BreaknLinks
• • •

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता एवम् पूर्व उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, काँग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डेसहित ३२ जनाविरुद्ध मुद्दा गर्न गर्न प्रहरीले सरकारी वकिलको कार्यालयलाई सिफारिस गरेको छ।

करिब दुई महिना लामो अनुसन्धानपछि आइतबार सरकारी वकिलको कार्यालयमा बुझाउन लागिएको अनुसन्धान प्रतिवदेनमा कुल ३२ जनाविरुद्ध मुद्दा दर्ता गर्न सिफरिस गरिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ। उनीहरुविरुद्ध संगठित अपराध, ठगी र राज्यविरुद्धको अपराधको कसुर गरी तीन शीर्षकमा मुद्दा दर्ता गर्न प्रहरीले सिफारिस गरेको हो।

पक्राउ परेका १६ जना र बिचौलियाको काम गर्ने बाँकी १६ जना गरी ३२ जनाविरुद्ध मुद्दा गर्दा गर्न सिफारिस गरिएको प्रहरीको भनाइ छ। पक्राउ परेकाबाहेक बाँकी १६ जनाको सूचीमा कोही पनि उच्चपदस्थ व्यक्तिहरु नरहेको प्रहरीले बतायो।

‘उहाँहरु (पक्राउ परेका १६ जना)बाहेक अन्य १६ गरी ३२ जनाविरुद्ध मुद्दा लगाउन प्रतिवेदनमा सिफारिस गरिएको छ। त्यो सूचीमा ठुला नेता कोही छैनन्, सबै बिचौलिया र पीडितहरु हुन्,’ प्रहरी स्रोतले बिएल नेपाली सेवालाई भन्यो।

यो प्रकरणमा एमाले सचिव (निलम्बित) एवम् पूर्व उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, काँग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व सांसद आङटावा शेर्पा, पूर्व गृहसचिव टेकनारायण पाण्डे, एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, टोपबहादुरका छोरा सन्दीप रायमाझी, नरेन्द्र केसी, गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा, सागर राई, रामशरण केसी र गोबिन्द चौधरी गरी १६ जना पक्राउ परेका छन्।

उनीहरुलाई दुई महिनायता काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?