बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
बिएल संवाददाता
नक्कली शरणार्थी प्रकरणमा आफ्नो पार्टीका सचिव टोपबहादुर रायमाझी पनि मुछिएपछि अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दोस्रो पटक आज (शनिबार) पनि भेटे।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीसँग करिब २ घण्टा छलफल गरेर बाहिर निस्किएका ओली पत्रकारसँग खासै खुलेनन्। यद्यपि, उनले टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नरहेको भन्न भ्याए।
रायमाझीबारे खासै बोल्न नखोजेपछि हाम्रा संवाददाताले उनलाई प्रश्न गरेका थिए,‘ उहाँ अब कहिले आउनुहुन्छ ?’ यो प्रश्नमा पनि ओलीले ठाडै जवाफ फर्काउँदै भने,‘उहाँलाई नै सोध्नुस् न।’
उनले गाडीभित्र छिर्दै गर्दा एमालेलाई नरुचाउनेहरुले रायमाझीलाई आफूले बचाएको भन्ने हल्ला फैलाएको आराेपसमेत लगाएर हुँकिए।
नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि अनुसान्धनमा प्रहरीलाई सघाउने बन्दै गत बुधबार गृह जिल्ला अर्घाखाँचीबाट काठमार्डौँ हिँडेका रायमाझी चार दिनदेखि फरार छन्।
प्रहरीले उनको खोजी कार्यलाई तीव्रता दिए पनि भेटाउन नसकेपछि एमालेले नै उनलाई राजनीतिक शक्तिको आडमा संरक्षण गरेको भन्दै चौतर्फी आलोचना सुरु भएको छ।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया