सुध्रिएनन् मालारानीका अध्यक्ष आचार्य, फेरि दुरूपयाेग गरे गाउँपालिकाकाे गाडी

फाेटाे सामाजिक सञ्जाल।

मालारानी गाउँपालिका प्रमुख बालकृष्ण शर्मा आचार्यले फेरि पनि कानुनकाे धज्जी उडाउँदै सरकारी गाडीकाे दुरूपयाेग गरेका छन्। उनले शनिबारकाे दिन (आज) व्यक्तिगत स्वार्थ पूर्तिकाे लागि गाउँपालिकाकाे गाडी प्रयाेग गरेर नियमकाे धज्जी उडाएका हुन्।

सार्वाजनिक बिदाकाे दिन अत्यावश्यकबाहेक गाउँपालिकाकाकाे गाडी प्रयाेग गर्न नपाइने भएपनि उनले आज गाउँपालिकाकाे गाडी लिएर विभिन्न बहना बनाएर सदरमुकाम सन्धिखर्क पुगेका थिए। उनलाई त्यहाँबाट विप्लव नेतृत्वकाे नेकपाका कार्यकर्ताले नियन्त्रणमा लिएकाे छ।

‘आज पनि अध्यक्षज्यूले गाउँपालिकाकाे गाडी दुरूपयाेग गर्नुभएकाे छ,’ नेकपा एक नेताले भने,‘अहिले त्याे गाडी नियन्त्रणमा लिएका छाैँ, उहाँ नीजि गाडीमा फर्किनुभयाे।’

उनले यसअघि पनि गाउँपालिकाकाे गाडी यसैगरी दुरूपयाेग गरेर कारबाहीमा परेकाे थिए। तर, गाउँमा ‘मैमत्त’ भएर हिँड्ने उनलाई जतिभन्दा पनि नलाग्ने गरेकाे स्थानीयकाे गुनासाे छ।

यस विषयमा बुझ्न खाेज्दा गाउँपालिका प्रमुख आचार्यले फाेन उठाएनन्।

मालारानीमा बेथिति : बिदाको दिन मदिराले लट्ठ भएर सरकारी गाडी हाँक्दै कर्मचारी (भिडियो) 

मालारानी– ४ का वडाध्यक्ष पोखरेलले लाखाैँ रूपैयाँ अनियमितता गरेको खुलासा [प्रमाणसहित]

प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटमा वडाध्यक्ष पाेखरेलको ब्रमलुट

प्रकाशित मिति: : 2022-04-02 14:25:00

प्रतिकृया दिनुहोस्

    कस्ले भन्छ शनिवार काम हुदैन भन्ने? यस्ता वाईयात समाचार बनाउने कस्तो न्युज च्यानल होला? कामको लागि पनि हिड्न नपाउनी हो । खासमा यो न्युज कुन विप्लव वला ले दियो? काम नभको

    • 2 बर्ष अगाडि
    • हरि चौहान