मन्दिरा अधिकारी
नेपालीहरुको महान चार्डमध्येका एक मकर अर्थात् ‘माघे संक्रान्ति’ पनि हो।
यसदिन विशेष गरी घ्यू, चाकु, तिरौला, उसिनेको तरुल खाने गरिन्छ।
पर्व नजिकिएसँगै बजारमा ‘सरजम’ किन्न मानिसको पनि भीड बढ्न थालेको छ। जसकारण तरुल व्यापारी सामान बेच्नमा भ्याइनभ्याइ छन्। तर पहिला जस्तो व्यापार भने नभएको व्यापारीको गुनासो छ।
तरुलको मूल्य बढेको तर विगत जस्तो व्यापार भने हुन नसकेको सरस्वती अर्यालले बताइन्। ‘अहिले पनि वयापार त भइरहेको छ तर पहिला जस्तो भने छैन्’ उनले भनिन्।
उनले बेच्न राखेको हातीपाइल तरुल, वन तरुल, देशी तरुल, घर तरुल र पताले तरुलको दाम ८० रुपैयाँ छ। ‘पहिले ४० रुपैयाँ किनेको थिएँ, अहिले पैसा अकासियो’ उनले आफ्नो अनुुभव बताइन्।
माघमा उसिनेर खाने तरुललाई तरकारीका लागि पनि प्रयोग गरिने भएकाले यसको माग बढेको उनी बताउँछिन्।
‘विगतका दिनहरुमा यसलाई संक्रन्तिमा खाने गरिन्थ्यो तर पछिल्लो समय भने मानिसले तरकारीका लागि पनि किन्ने गरेका छन्। जसका लागि बाहिर मगाउनुपर्छ’ उनले भनिन्।
विशेष गरी माघी पर्वमा सेवन गरिने तरुल तराईबाट अर्यात गरिने उनले बताइन्। जसको ८० रुपैँयादेखि ३५० सम्म पर्छ।



माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया