यसरी त कसरी चल्ला र देश ?
बाह्रखरी
निरञ्जनलाई निद्रा लाग्न–लाग्न आँटेको बेला थियो। उनको आँखालाई निद्राको नशाले लट्ठ्याउँदै लग्यो। मनका सूक्ष्म स्नायुहरूमा उनका अधुरा कुराहरू अल्झिरहेका थिए। निरञ्जन कहिले आँखा बन्द गर्दथे, कहिले आधा खोल्दथे।
कसैले बिस्तारै ढोका खोलेको जस्तो आवाज आयो। निरञ्जन झस्के। तीव्र दृष्टिले ढोकातिर हेरे। यौटा हरियो पछ्यौरा ओढेको छाया ढोकाबाहिर सुट्ट गयो। ढोका फेरि बिस्तारै बन्द भयो।
निरञ्जनले दोलार्इं पन्छाए। खुट्टाको पाँच औँलाले मात्र भुइँमा टेकेर पाइलो चाल्न थाले। छाया अघि–अघि बढ्दै गयो, निरञ्जन पनि पछि लाग्दै गए। तेस्रो भर्याङको आखिरी सिँढीमा पुग्दा उनले छायालाई देखेनन्।
दलानको कुना–कुनालाई अन्धकारले अँगालेको छ। निरञ्जनलाई पूर्ण विश्वास भयो कि छाया उनैकी पत्नीको हो। उनी सोच्न थाले– को होला त्यो ?
बाहिर मध्यरात निस्लोट भएर सुतिरहेछ। यति सन्नाटा छ कि विचार गर्न सकिँदैन। छिनछिनमा टाढाबाट कुकुर भुकेको आवाज अनौठो ढंगले सुनिन्छ। पातपतिङ्रसम्म पनि निश्चल छन्। हावा लंगडो भएर लडिरहेको छ। कसैले वातावरणलाई मादकपदार्थ ख्वाएर विचेत पारी निरञ्जनउपर षड्यन्त्र रच्न आँटेको जस्तो भान पर्दछ।
निरञ्जनले सोचे– को होला त त्यो ? अचानक उनको कानमा चुरा छिन्द्रिङ बजेको आवाज आयो। उनलाई कसैले करेन्ट लगाइदिएको जस्तो भयो। आङ जिरिङ गर्यो। वातावरण फेरि शान्त भयो। निरञ्जन सोच्दै गए– को बदमास आएर लुकेको छ त्यहाँ ?
धेरै दिनदेखि पत्नीले निरञ्जनलाई सिनेमा हेर्ने आग्रह गरिरहेकी थिइन्। अस्तिको पटक निरञ्जनले टाल्न सकेनन्। फलस्वरूप, दुवै सिनेमा हेर्न गए।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया