अलिअलि मधुरो धुन बजिरहेको छ। सबै दर्शकले त्यो कर्णप्रीय धुन सुन्दैछन तर आँखा भने अघिल्तिरको पर्दा कतिखेर हट्ला भन्नेमै केन्द्रित छ।
त्यतिकैमा ‘नेपथ्य’ बाट एउटा निर्देशीत आवाज आउँछ–‘अब नाटक सुरु हुदैँछ तपाईहरुले मोबाइल साइलेन्ट राखिदिनुहोला, भिडियो नखिच्नु होला, फोटो चाहिएमा हामीलाई नाटक सकिएपछि सम्पर्क गर्नुहोला, हामी उपलब्ध गराउने छौँ, नाटक सकिएपछि नाटक कस्तो लाग्यो हामीलाई सुझाव दिनुहोला, धन्यवाद।’
विस्तारै अगाडिको बत्तिहरु मधुरो हुँदै जान्छ,पर्दा खुल्छ अनि नाटक सुरु हुन्छ।
पर्दा खुलेपछि नाटककी मुख्य पात्र मिसेस नोरा देखिन्छिन्। बजारबाट किनमेल गरेर खुशी हुँदै गित गुनगुनाउँदै उनी घरभित्र पस्छिन्। बैठक कोठामा सामान मिलाइरहेकी उनी आफ्नै दुनियाँमा व्यस्त छिन्।
त्यसैबेला उनका श्रीमान हेमन्त कार्यालयबाट आउँछन्। उनी ‘बैंक’का कर्मचारी हुन्।
दिनभरिको थर्काइ मेटाउन उनी श्रीमतीसँग प्रेमको सवांद गर्न थाल्छन्। श्रीमतीलाई खोजीबाट पैसा निकाल्दै खर्च दिन थाल्छन्। जुन दृश्यले पुरुष प्रधान समाजमा श्रीमानले आफ्नी श्रीमतीलाई भौचिक सुखको रुप लिइरहेको छ।
नाटकमा देखाए अनुसार नोरा पनि आफ्नो श्रीमानले प्रेम गरेको देखेर दगं छिन्। हेमन्तले गरेको प्रेम देखेर घरकी ‘रानीचरी’ (जो आफ्नो स्वतन्त्र उडान गर्न सक्दैन्) उनी सधैं श्रीमानको उन्नती र प्रगति देख्न चाहन्छिन्। जहाँ श्रीमान भने आफ्नी श्रीमतीलाई भौतिक सुख दिनु आफ्नो कर्तव्य र जिम्मेवारी ठान्दछन र त्यो माया पाउनु श्रीमतीको भाग्य सम्झन्छन्।
नाटकमा अर्की पात्र लिनाको प्रवेश हुन्छ। उनी एक ‘विधुवा’ नारी हुन्। उनलाई नाटकमा शक्तिशाली मनोभावना बोकेकी नारी पात्रमा देखाइएको छ। रातोबाट सेतो पहिरनमा परेपछि आफूले गर्नु परेको संघर्षलाई उनी साथी नोरालाई सुनाइरहेकी छिन्।
जतिनै क्रान्तिभाव र संघर्ष गरेपनी श्रीमान बितेको ३ वर्षसम्म पनि लिना सेतो पहिरनमा देखिन्छिन। जसले हाम्रो हिन्दु संस्कारलाई झल्काइरहेको छ।
उनीभित्र रहेको एउटा कमजोर पाटोलाइ देखाउन खोजिएको छ। आफ्नो आत्मनिर्णयको अभावमा प्रेमीलाई छाडेर अनजान व्यक्तिसँग विवाह गर्नु परेको तितो अनुभव उनीसँग छ।
नाटकमा ‘खलपात्र’ केदारलाई देखाइन्छ। उनी पेशाले वकिल हुन्। तर उनीसँग आफूले बोकेका धेरै सघंर्षका कथाहरु छन्। उनको आर्थिकस्थिती नाजुक हुँदा प्रेमिकाले छाड्नि। अनि विवाह गरेर ल्याएकी श्रीमती पनि गुमाए।
हुँदाहुँदै ‘किर्ते हस्ताक्षर’ अपराधमा पनि मुछिए। आफू जटिल समस्याबाट उम्किनन् उनी नोरालाई हतियार बनाउन खोजिरहेका छन्।
नोराले उनीसँग ऋण लिएकी छिन्। श्रीमान हेमन्तको विना आदेशमा। उनकै उपचारका लागि। नोराले केदारसँग ‘किर्ते हस्ताक्षर’ को सहायतामा ऋण लिएकी थिइन्। त्यसैले केदार नोरालाई दबाब दिइरहेका छन्, उनको कुरा हेमन्तसँग पुर्याएर आफ्नो जागिर जोगाउन।
केदार र हेमन्त बाल्यकालका साथी हुन्। उनीहरु एकै कार्यालयमा आवद्ध छन्। त्यसैले केदारको किर्ते हस्ताक्षरका कारण उनलाई साथी हेमन्तले नै कारवाही गर्ने सुरमा छन्। नोरा यी घटनाको अन्तरद्वण्दमा छिन्। उनी एउटा मिठो झुट लुकाउन लागिरहेकी छिन्। जुन झुट कहिले पनि आफ्नो लागि थिएन।
दृश्यमा अर्का पात्र डा. राणालाई देखाइन्छ। जो अरुको जीवन बचाउन आफैलाई गुमाउन चाहन्छन्। जीवनको अन्तिम क्षणमा उनी नोराको प्रेम पाउन चाहन्छन्। उनलाई आफ्नो मुत्युले भन्दा नोरासँग बिछोडिनुको पीरले पिरेको छ।
नाटकको जिवन्त दृश्य र सवांदले दर्शकलाइ बाधी राख्न सफल छ।
नाटकमा प्रयोग भएका प्रप्सहरु, नेपथ्यमा बज्ने देउसी भैलोको गित, कोठामा प्रयोग भएका सयपत्री फुलका मालाहरु, दियोबत्ती, पात्रहरुले प्रयोग गरेको नेपाली पोशाक, थारु जातिको पोशाक, विधुवा नारीले पहिरिएको सेतो कपडाले हाम्रो विविधता, संस्कार, संस्कृती जस्ता कुरालाई अति सरल र जिवन्त प्रयोग गरिएको छ।
नाटकको अन्तिम दृश्यमा नोराको सेतो पहिरनले शान्तिको बाटो रोजेर गएको देखाइएको छ। घरमा बँस्दा अन्तरमनको द्वन्द, रिस, माया, सद्भभावले ओतप्रोत भएर बाँचिन्। जो आफ्नो जीवन भर अरुकै रङहरुमा रमाइन् कहिले बुबाको रङ, कहिले श्रीमानको रङ, कहिले छोराछोरीको रङ।
अब उनले आफ्नो रङ आफैँ खोज्ने बाँचा गरिन् र घरबाट हिडिन्। अब उनी ‘आफू’ भएर बाच्न चाहन्छिन्। जहाँ सेतो रङको पहिरनमा उनी निस्किएकी छिन्। जुन उनको रोजाई हो।
यो नर्वेजियन नाटककार हेनरिक इब्सेनद्वारा लिखित तीन–अभिनय नाटक हो। जसलाई नेपाली रंगमञ्चका गुरु सुनिल पोखरेलले अनुवाद तथा निर्देशन गरेका हुन्।
रंगमञ्चमा कलाकार निशा शर्मा पोखरेल, शेखर चापागाईँ, अन्जु देउजा, विजया ‘बिस्फोट’ र राजकुमार पुडासैनीले अभिनय गरेका छन्।