‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल विशेष संवाददाता
नेपाल आयल निगमले मङ्गलबार (हिजो) राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थमा नयाँ मुल्य कायम गरेको छ।
पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १ सय १४, डिजेल तथा मट्टीतेलको मूल्य ९७ र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ६७ रुपैयाँ तोकेको छ। अचम्मको कुरा, आयल निगमले पेट्रोलियम पदार्थको मुल्य जति नै बढाए पनि अरबौको घाटा आफूले बेहोरेको निगमको दावी छ।
पेट्रोलियम पदार्थमा लगातार मुल्य वृद्धि हुँदा पनि नेपाल आयल निगमलाई किन घाटा भइरहेको छ त? यो प्रश्न निगमको नेतृत्व गरिरहेका महाप्रबन्धक सुरेन्द्र पौडेलसँग जोडिएको छ। पौडेल तीनै व्यक्ति हुन्, जसले निगमको कार्यकारी पद सम्हाल्नुअघि उदयपुर सिमेन्ट उद्योगमा ३ वर्ष कार्यकाल सम्हाल्दा व्यापक अनियमिताको आरोप लागेको थियो।
पूर्व महाप्रबन्धक गोपाल खड्का भ्रष्टाचारको आरोपमा मुछिएपछि २०७५ साल पुसमा मन्त्रीपरिषद् बैठकले ठूलो अपेक्षा राखेर पौडेललाई महाप्रबन्धकमा नियुक्त गरेको थियो। तर उनले यतिबेला निगमलाई बारम्बार घाटामा पुर्याएर सरकारको अपेक्षालाई ध्वस्त पारेका छन्।
निगमको पूर्वाधार विकास तथा विस्तारको नाममा एलपीजी बोटलिङ प्लान्ट, नयाँ डिपो विस्तार, बाउजर (हवाई डिपो), पेट्रोलियम पदार्थ भण्डारण, ट्याङ्कर खरिदलगायत अन्य विविध विषयको लागि भन्दै पौडेलले निगममा थुप्रिएको अर्बौ रकमलाई आफ्नै तरिकाले परिचालन गरेका छन्। जसको पारदर्शीता देखिन्न।
नेपाल आयल निगममार्फत सरकारले पेट्रोलियम पदार्थमा दिने सहुलियत लाभ सर्वसाधारणले पाएका छैनन्। बरु उल्टो, पेट्रोलियम पदार्थमा मोटो रकम खर्चेर आसेपासेको गोजी भरिदिएका छन्।
आइओसीले पठाएको नयाँ मूल्य सूचिअनुसार निगमले पाक्षिक १ अर्ब ७ करोड रुपैयाँ घाटा व्यहोरेको अनुमान गरिएको छ। यो समस्या आउनुमा पौडेल जिम्मेवार रहेको निगम स्रोत बताउँछ। पौडेलको अनियमिततालाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि बेनामी उजुरी परिसकेको अख्तियार स्रोतले बिएल नेपाली सेवालाई जानकारी गरायो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया