मङ्गलबार, १४ अक्टोबर २०२५

यस्तो छ केन्द्रीय समितिमा देउवाको सम्वोधन (पूर्णपाठ)

News Image
• • •

जेन–जी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिलाई सम्बोधन गरेका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा पुगेर देउवाले सम्बोधन पनि गरेका हुन्।

सम्बोधनका क्रममा देउवाले भदौ २४ गतेको दिन इतिहासकै डरलाग्दो दिन भएको उल्लेख गर्दै  जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे।

देउवाले गत भदौ २४ गते आफूमाथि ज्यान लिने उद्देश्यले सांघातिक हमला भएको खुलासा गरेका छन्। देउवाले भने, ‘ममाथि ज्यान लिने गरी हमला भयो। सुरक्षाकर्मीहरूले उद्धार गर्नुभयो। म बाँचेर बैठकमा आएको छु।’

३४ दिनपछि पहिलोपटक सार्वजनिक भएका देउवाले उक्त घटनालाई आफूले सामान्य रूपमा लिएको बताए।

उनका अनुसार, ‘वैचारिक अडान लिने व्यक्तिको जीवनमा आरोह-अवरोह आउँछ। मैले त्यसलाई सहज रूपमा लिएको छु।’

त्यसक्रममा उनले सामाजिक सञ्जालमा भाइरल बनेको बूढानीलकण्ठस्थित आफ्नै निवासमा पैसा जल्दै गरेको भनिएको भिडियो फेक (नक्कली) भएको पनि दाबी गरे।

‘त्यो भिडियो पुरै नक्कली हो,’ देउवाले स्पष्ट पारे, ‘त्यसको कुनै आधार छैन।’

देउवामाथि भएको भनिएको हमलाबारे सरकारले आधिकारिक रूपमा कुनै विवरण सार्वजनिक गरेको छैन।

यस्तो छ देउवाको सम्बोधनको पूर्णपाठ–

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!