सामाजिक कथामा आधारित टिभी श्रृङ्खला ‘भाविको लेखान्त’ ले सय भाग पूरा गरेको छ।
निर्माण टिमले आइतबार अभिनेता पल शाहको उपस्थितीमा १ सय औं भाग सेलिब्रेशन गरेका हुन्।
हरेक शनिबार इमेज एचडी टेलिभिजनसहित हरेक मंगलबार लेखान्त अफिसियल यूटुब च्यानलबाट प्रसारण हुँदै आइरहेको सिरियलमा दमन रुपाखेती, तारा केसी, लेखान्त भुजेल, निरोज पन्त, सुस्मिता पोख्रेल, सुपा खनाल, कुमार बोगट,ी आकृति न्योपान,े मलाइका बस्नेत, सुन्दर मायालु, बलबहादुर घतानेलगायतको अभिनय रहँदै आएको छ।
उक्त सिरियललाई लेखान्त भुसाल र किसन बाब बस्नेतले संयुक्त रुपमा लेखन एवं निर्देशन गर्दैआएका छन्।