अभिनेत्री रेखा थापा नाटकमा देखिने भएकी छन्।
कान्तिपुर फिल्म एकेडेमीले मञ्चन गर्न लागेको नाटक ‘मीरा’बाट उनले नाटकमा डेब्यु गर्न लागेकी हुन्।
जेठ १५ गतेदेखि असार ७ गतेसम्म मञ्चन हुने नाटक दीपक सिंजालीद्धारा लिखित उपन्यास ‘मीरा’मा आधारित छ।
नाटकमा एक महिलाको परिवार र समाजसँगको विद्रोहको कथा समावेश रहेको छ। नाट्य रुपान्तरण तथा निर्देशन सुन्दर धितालले गर्दैछन्।
नाटकको मुख्य भूमिकामा अभिनेत्री रेखा थापा रहने कान्तिपुर थिएटरले जनाएको छ। यो नाटकको रिहर्सल र रिडिङ सुरु भइसकेको छ।