नेपालबाहेक यी देशमा पनि मनाइन्छ दसैं

हिन्दूहरूको महान पर्व दसैँ नेपालमा मात्र नभएर अन्य केही देशमा पनि मनाइन्छ।

हिन्दूहरुको बाहुल्यता भएका समुदायले नवरात्रीसम्म विभिन्न शक्ति पीठमा पूजा गर्छन्। छिमेकी मुलुक भारतका विभिन्न राज्यमा फरक–फरक ढंगले दशै मनाइन्छ। भारतमा विशेषगरी नवदुर्गाको पूजा गरिन्छ।

म्यान्मारकाे दसैंः विगत जस्ताे छैन रमझम

सिक्किम, दार्जीलिङ, मणिपुर, असमलगायतका नेपालीभाषीको बाहुल्यता रहेको क्षेत्रमा टिका लगाइन्छ। भारतबाहेक बंगलादेश, बर्मा, थाइल्याण्ड, भुटान, श्रीलंका र  मलेसियामा पनि दसैं मनाइन्छ। मनाउने शैलीे फरक भए पनि अधिकांशले नवदुर्गाको पुजा आरधना गर्छन्। 

पश्चिम बंगालमा नवदुर्गा पूजाको आरधना गरेर मनाइन्छ। बंगालमा षष्ठीदेखि पाँच दिनसम्म यो पर्व मनाइन्छ। सप्तमी, अष्टमी र नवमीमा  दुर्गाको पूजा हुन्छ।

आंध्र प्रदेश, तमिलनाडु र कर्नाटकमा दश दिनसम्म दसै मनाइन्छ। लक्ष्मी, सरस्वती र दुर्गाको पूजा गरिन्छ। पहिला तीन दिन धन र समृद्धिकी देवी लक्ष्मीको आरधना गरिन्छ भने दोस्रो तीन दिन विद्याकी देवी सरस्वतीको पुजा गरिन्छ र अन्तिम दिन शक्तिकी देवी दुर्गाको पुजा गरिन्छ।

मणिपुरमा गाेर्खालीकाे दसैँ

गुजरातमा दसैको अवसरमा गरबा नृत्य गरिन्छ। त्यस्तै, महाराष्ट्रमा देवीको पुजा आराधना गरेर मनाइन्छ।

कश्मीरका अल्पसंख्यक हिन्दूले नवरात्री मनाउँछन्। परिवारका सबै वयस्क नौ दिनसम्म उपवास बस्छन्। भक्तजनरू नवरात्रीभर माता भवानीको दर्शन गर्छन्। नवरात्रीमा तालको बीचमा रहेको एउटा माता भवानीको मन्दिरमा दर्शन गर्न जानेको भीड उल्लेख्य हुन्छ।

लगभग १ लाख नेपालीभाषी रहेको बर्मा (म्यान्मार)मा पनि दसैँ मनाइन्छ। नेपालीभाषी (गाेर्खा)को बाहुल्यता रहेको रंगुन, मण्डले, मिचिना, मोगोक, टमू, कलाैँ, टाउँजीमा दसैं मनाइन्छ।

बर्मापछि बंगलादेशमा पनि दसैं मनाइन्छ। १६ करोड जनसंख्या भएको बंगलादेशमा १४ प्रतिशत हिन्दू धर्मालम्बी छन्। हिन्दू धर्मालम्बीले नवदुर्गाको पूजा आरधना गर्छन्। बंगलादेश बस्ने नेपालीबाहेक अन्यले भने टिका लगाउँदैनन्।

त्यस्तै, बौद्ध धर्मालम्बीहरूको बाहुल्यता रहेको श्रीलंकामा पनि हिन्दूहरूले दसैं मनाउँछन्। त्यसैगरी मलेसिया, थाइलेन्ड इन्डोनेसियाका हिन्दूहरुले मनाउँछन्।

प्रकाशित मिति: : 2021-10-14 14:44:00

प्रतिकृया दिनुहोस्