यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
सुधा अत्रि
संस्कृति भनेकाे मानव समाजकाे पहिचान हाे। जातीय संस्कृति एउटा जातिमा मात्र सीमित नरहेर विश्वकाे अनमाेल धराेहर पनि मानिन्छ।
संस्कृति हराए जातीय अस्तित्व नै मेटिन्छ। नेपाली समाजसँग हिन्दू धर्म-संस्कृतिको धार्मिक महत्त्व जाेडिएकाे छ। संसारभर छरिएर बसाेबास गर्ने नेपाली अर्थात् गाेर्खालीहरू संस्कृति र चाडपर्वका धनी छाैँ।
चाडपर्वहरू सांस्कृतिक परम्परा हुन्। तर सांस्कृतिक पर्वहरूमा पनि कुनै न कुनै धार्मिक विशेषता जाेडिएकाे पाइन्छ। धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिकाेणबाट हेर्ने हाे भने याे पक्ष निकै महत्त्वपूर्ण छ।
अमूल्य संस्कृतिहरूलाई चिरकालसम्म संरक्षण र सुरक्षित राख्न सांस्कृतिक पर्वहरूमा देखिने धार्मिक, सांस्कृत र सामाजिक पक्षहरूलाई केलाएर बुझ्नु आजकाे आवश्यकता महसुस हुन्छ।
एउटा प्रसिद्ध चाड हाे– अश्विन शुक्ल पक्षमा परिआउने शारदीय नवरात्र, बडादसैं। याे नेपालीजनकाे अमूल्य संस्कृति हाे।
दसैं आउनु एक महिना पूर्वदेखि गाँउ–शहरमा ददैंकाे चहल–पहल सुरू भइसकेकाे छ। नाच सिक्ने, नाटकका लागि सामाग्री तयार पार्ने, नाटक मञ्चनकर्ताहरूकाे चयन गर्ने, माैलिक संस्कृतिकाे शिक्षा दिन नेपालका कलाकारहरूलाई ग्रामीण क्षेत्रमा नवरात्रकाे पाँचाैं दिनदेखि टाेल- टाेलका युवक–युवतीहरू मिलेर नृत्य प्रदर्शन र पालै–पालाे गरी नाटक मञ्चन थालिन्छ।
म्यान्मारकाे महानगरमा आफ्नाे सुविधाअनुसार महाअष्टमी तिथिका दिन स्थानीय अधिकृतहरूलाई निम्त्याएर वीर गाेर्खाहरूले देशका लागि बलिदान दिएकाे स्मृति गराउँदै खुकुरी नृत्य (जातीय पहिचानकाे रूप लिँदै आएकाे छ) प्रदर्शन गर्दैआएका छन्। याे स्थानमा अन्य साँस्कृतिक झलक दर्शाउने नृत्य प्रदर्शन गरी दशहराकाे शुभकामना आदानप्रदान गर्ने एउटा शिलशिला कायमसमेत छ।
म्यान्मारकाे इतिहासमा स्वर्णाक्षरले लेखिएकाे चाैथाेँ गाेर्खा– जहाँकाे मूल ढाेकामा नै खकुरी क्रस् पारेर राखिएकाे छ। उसैकाे ६९ वर्ष पुगेकाे उपलक्ष्य र बडादशैंकाे उपलक्ष्य पार्दै सन् २०१६ मा माण्डले–नगरका युवाहरूले उच्च पदाधिकारीहरूलाई समेत आमन्त्रणा दिएर धूमधामले मनाउन सफल भएकाे छ।
हर–साल म्यान्मारका राज्य पदधिकारीहरूलाई आमन्त्रण गरी प्रितिभाेज खाने यहाँकाे एउटा प्रथा बन्दैआएकाे छ। तर याे वर्ष भने सम्भव देखिएन। एकातिर सैन्य आतंक र अर्काेतिर काेभिड महामारी उस्तै छ। दसैं पर्वलाई देशीमित्रहरू (सान्काट्प्वे) अर्थात् चामलकाे टीका लगाउने दिन भनेर जान्दछन्। म्यान्मार–भारत सीमामा बसाेबास गर्नेहरूले नवरात्रपछि दशौं दिनका दिन भारतीहरूले माताकाे मूर्तीविसर्ज गर्ने हुँदा (येम्यप्वे) भनेर पनि भन्ने गर्छन्।
हिजाेआज मूर्ती स्थापना गरेर विसर्जन गर्ने प्रथा कुनै–कुनै ग्रामिण क्षेत्रमा देखापर्न थालेकाे छ। सन् २०१९ सालकाे अन्ततिर देखा परेकाे विश्व महामारी काेभिड–१९ फैलिएका कारण यसपल्टकाे दसैं पर्व घरभित्रै मनाउनुपर्ने बाध्य छ।
म्यान्मारकाे दसैं राैनक भिन्नै हुन्थ्याे। पाेहाेर सालकाे दसैं काेभिड–१९ का कारणले मनाउन पाइएन। यसकाे साटाे याेपटक अझ् धुमधामले मनाउने अपेक्षा थियाे। तर म्यान्मारकाे दसैं भित्तेपात्राेमा सीमित भएकाे छ। नेपाली समाज माैन छ। टाेल–टाेलमा सैनिक क्रूरता कायमै छ।
म्यान्मारमा दसैं सुस्त पदचाममा आएर मौन छ। देश नै अस्वास्थ्य भएकाे बेला दसैं कसरी स्वास्थ्य हुन सक्छ र? देशमा अशाैच परेकाे बेला शाैच दसैं कहाँ आउन सक्छ र? त्यसैले मन्दिरका समिति, सामाजिक कार्यकर्ता र पण्डित वर्गहरूद्वारा दुर्गा पुजा गरी विश्व शान्तिकाे कामना भने गरिरहेकै छ।
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया