बिएल संवाददाता
नेकपा एमाले अछामका १ हजार बढी नेता–कार्यकर्ताले पार्टी परित्याग गर्दै भीम रावलको मातृभूमि जागरण अभियानमा समाहित भएका छन्।
मंगलबार पत्रकार सम्मेलनमा वक्तव्य जारी गरी १ हजार ८६ जना स्थानीय नेता–कार्यकर्ताहरूले नेता रावलको अभियानलाई समर्थन गरेको मातृभूमि जागरण अभियानका एक नेताले जनाएका छन्।
जारी वक्तव्यमा अछामबाट प्रतिनिधित्व गर्ने एमालेको सुदूरपश्चिम प्रदेश कमिटी प्रदेश कमिटी तथा विभागीय सदस्य रहेका ७ जना, केन्द्रीय विभागका दुई जना, जिल्ला कमिटी सचिवालय सदस्य ५ जना भीम रावलका पक्षमा उभिएका छन्।
यस्तै प्रवास केन्द्रीय प्रतिनिधि परिषद् १ जना, जिल्ला कमिटी सदस्य १७ जना, पूर्वजिल्ला कमिटी सदस्य ३ जना, जिल्ला सल्लाहकार सदस्य १३ जना, नगर कमिटी पदाधिकारी तथा सचिवालय सदस्य १२ जना छन्।
एमालेका ६३७ जना संगठित सदस्यसहित कूल एक हजार ८६ जनाले रावलको अभियानलाई समर्थन गरेको दाबी गरिएको छ। वक्तव्यमा तीमध्ये केहीको हस्ताक्षर छ। केहीलाई फोन सम्पर्क गरेर समर्थन लिएको भनिएको छ।
हेर्नुहोस् एमाले छोड्नेको नामावली-
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया