बिएल संवाददाता
मकवानपुरको राक्सिराङमा एक वृद्ध चेपाङ दम्पतीले पहिलो पटक आफ्नै पक्की घर पाएका छन्। ९२ वर्षीय जयराम र ८० वर्षीया लक्ष्मी चेपाङले नयाँ घर पाएका हुन्।
नयाँ घर पाउँदा उनीहरुले खुसी व्यक्त गरेका छन् । ‘किम दोती आसतेआया (घर पाउँदा खुसी लाग्यो),’ जयरामले चेपाङ भाषामा भने । उनकी श्रीमती लक्ष्मीले पनि मर्ने बेलामा नयाँ घर पाएको भन्दै खुसी व्यक्त गरिन् ।
मकवानपुरको राक्सिराङ गाउँपालिका-५ साचक टोलमा अभियान्ता रेखा लोप्चन तामाङको अगुवाइमा निर्माण गरिएको उक्त नवनिर्मित घर पूर्वसहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शनिबार चेपाङ दम्पतीलाई डोहोर्याउँदै घरभित्र प्रवेश गराइएकी छिन्।
३ लाख ७ हजार रुपैयाँमा लागतमा निर्माण गरिएको यो घरमा दुई वटा पलङसहितको कोठा, सोलार बत्ती, पिउने पानीको धारा र पक्की शौचालय छन्। अभियन्ता लोप्चन तामाङले उनीहरूलाई थप खर्चका लागि २ लाख ४२ हजार रुपैयाँ सहयोग गरेकी छिन्।
मनहरी बजारबाट दुई घण्टाको दूरीमा रहेको यो बस्तीमा सरकारी जनता आवास कार्यक्रमअन्तर्गत घरहरू बन्दै छन् । तर जग्गाको स्वामित्व नभएका कारण यी दम्पती त्यस कार्यक्रमबाट वञ्चित थिए ।
जयरामको पहिलो विवाह सन्तान नहुँदा विच्छेद भएको थियो । ५१ वर्षको उमेरमा लक्ष्मीसँग दोस्रो विवाह गरेका उनको यस पटक पनि सन्तान भएन । हाल उनीहरूको रेखदेख भतिजा कोकिल चेपाङले गर्दै आएका छन् । दम्पती वृद्धभत्ताबाट जीवन निर्वाह गर्दै आएका छन् ।
नेपालमा चेपाङ समुदायको जनसंख्या ८४,३६४ छ । सबैभन्दा बढी चितवनमा ३५,६३७, त्यसपछि मकवानपुरमा २३,६५०, धादिङमा १७,१६० र गोरखामा ४,२६८ जना बसोबास गर्छन्।
पूर्वमन्त्री झाँक्रीका अनुसार जनता आवास कार्यक्रमको कार्यविधि चेपाङ, राउटे, वनकरिया जस्ता सीमान्तकृत र लोपोन्मुख समुदायका लागि प्रभावकारी छैन र यसमा संशोधन आवश्यक छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया