बिएल संवाददाता
बागलुङको ताराखोलाका घरहरूमा दिउँसै चोरी गरेर भागेका एक युवा उनकै घरबाट पक्राउ परेका छन्।
ताराखोला गाउँपालिका-५ स्थित फुलमाया रोका, फुलमाया पुन र घनश्याम अठारेको घरमा गएको माघ ४ गते दिउँसो तीन बजे चोरी गरेर भागेका एक युवा उनकै घरबाट पक्राउ परेका हुन्।
उनीहरूको घरबाट दिउसै चोरी गरेर भागेका बागलुङ ताराखोला गाउँपालिका-३ घर भई हाल गल्कोट नगरपालिका-६ बस्ने बर्ष २६ को रमेश भन्ने यमबहादुर बस्नेतलाई उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी डिएसपी बिजय यादबले जानकारी दिए। अभियुक्त बस्नेतले ताराखोलाका ती घरबाट दिउँसै ७८ हजार रुपियाँ र दुई थान मोबाइल चोरी गरेर भागेको प्रहरीले बताएको छ।
ताराखोला गाउँपालिका-३ स्थित आफ्नै घरबाट पक्राउ परेका अभियुक्त बस्नेतको साथबाट ७१ हजार पाँचसय २५ रुपियाँ र दुई थान मोबाईल पनि बरामद भएको प्रहरीले जानकारी दिएको छ।
अभियुक्त बस्नेताबिरुद्ध बागलुङ जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा पांच सिन्बको म्याद थप भै अनुसन्धान सुरु गरिएको प्राप्त समाचारमा जनाइएको छ।
यसैबीच जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी डीएसपी बिजय यादबले समुदायमा देखिएका शंकास्पद तथा नौलो व्यक्ति वा समूहका बारेमा नजिकको प्रहरी कार्यालय वा पैसा नलाग्ने नम्बर १०० मा फोन गरी सूचना दिन अनुरोध गरेका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया