बिएल संवाददाता
बागलुङको ताराखोलाका घरहरूमा दिउँसै चोरी गरेर भागेका एक युवा उनकै घरबाट पक्राउ परेका छन्।
ताराखोला गाउँपालिका-५ स्थित फुलमाया रोका, फुलमाया पुन र घनश्याम अठारेको घरमा गएको माघ ४ गते दिउँसो तीन बजे चोरी गरेर भागेका एक युवा उनकै घरबाट पक्राउ परेका हुन्।
उनीहरूको घरबाट दिउसै चोरी गरेर भागेका बागलुङ ताराखोला गाउँपालिका-३ घर भई हाल गल्कोट नगरपालिका-६ बस्ने बर्ष २६ को रमेश भन्ने यमबहादुर बस्नेतलाई उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी डिएसपी बिजय यादबले जानकारी दिए। अभियुक्त बस्नेतले ताराखोलाका ती घरबाट दिउँसै ७८ हजार रुपियाँ र दुई थान मोबाइल चोरी गरेर भागेको प्रहरीले बताएको छ।
ताराखोला गाउँपालिका-३ स्थित आफ्नै घरबाट पक्राउ परेका अभियुक्त बस्नेतको साथबाट ७१ हजार पाँचसय २५ रुपियाँ र दुई थान मोबाईल पनि बरामद भएको प्रहरीले जानकारी दिएको छ।
अभियुक्त बस्नेताबिरुद्ध बागलुङ जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा पांच सिन्बको म्याद थप भै अनुसन्धान सुरु गरिएको प्राप्त समाचारमा जनाइएको छ।
यसैबीच जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी डीएसपी बिजय यादबले समुदायमा देखिएका शंकास्पद तथा नौलो व्यक्ति वा समूहका बारेमा नजिकको प्रहरी कार्यालय वा पैसा नलाग्ने नम्बर १०० मा फोन गरी सूचना दिन अनुरोध गरेका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया