बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति जेडी भान्सलाई समर्थन गर्ने विषयमा तत्काल कुनै निर्णय नगरेको बताएका छन्।
आयरल्यान्डको श्याननमा एयर फोर्स वनमा चढ्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पलाई भान्सलाई सन् २०२८ को राष्ट्रपतीय दौडका लागि समर्थन गर्न तयार हुनुहुन्छ कि भनेर प्रश्न गरिएको थियो। जवाफमा ट्रम्पले भने, ‘अहिले नै यसबारे निर्णय गर्नु चाँडो हुनेछ।’
उनले भान्सको प्रशंसा गर्दै आफूसँग धेरै सक्षम नेताहरू रहेको बताए। ‘मलाई लाग्छ, उनी उत्कृष्ट छन्। हामीसँग धेरै उत्कृष्ट मानिसहरू छन्। जसलाई उनीहरू ‘डीप बेन्च’ भन्छन्, हामीसँग त्यो छ,’ ट्रम्पले भने।
भान्ससँग प्रतिस्पर्धा गर्न सक्ने सम्भावित उम्मेदवारबारे थप प्रश्न गरिँदा पनि ट्रम्पले सबै सम्भावित उम्मेदवार राम्रो रहेको बताए। ‘मलाई लाग्छ, उनीहरू सबै निकै राम्रा छन्। जेडी उत्कृष्ट छन् र उनले निकै राम्रो काम गरेका छन्,’ उनले भने।
यसअघि अगस्टमा द वासिङ्टन पोस्ट ले ट्रम्पले ओभल अफिसमा दाताहरूसँगको निजी बैठकमा भान्सको सम्भावित उम्मेदवारीबारे तुलनात्मक रूपमा स्पष्ट धारणा राखेको समाचार प्रकाशित गरेको थियो। उक्त बैठकमा ट्रम्पले ‘अन्ततः हामीले जेडीलाई निर्वाचित गर्नुपर्छ’ भनेको स्रोतलाई उद्धृत गर्दै पत्रिकाले जनाएको थियो।
यद्यपि, ट्रम्पका सल्लाहकारहरूले त्यतिबेला राष्ट्रपतिको उत्तराधिकारीका रूपमा भान्सलाई अन्तिम रूपमा रोजिनसकेको बताएका थिए। ट्रम्पले भान्ससँगै विदेशमन्त्री मार्को रुबियोलाई पनि सम्भावित उत्तराधिकारीका रूपमा मूल्यांकन गरिरहेको बताइएको थियो।
आन्तरिक छलफलका क्रममा ट्रम्पले भान्स र रुबियोबीच तुलना गर्दै आफ्ना सहयोगीहरूसँग पटक–पटक प्रश्न गर्ने गरेको र मरीन वनमा यात्रा गर्दासमेत कर्मचारीबीच अनौपचारिक रूपमा उनीहरूको समर्थनबारे बुझ्ने गरेको विवरण सार्वजनिक भएको थियो।
अगस्टमै ट्रम्पका एक प्रमुख सल्लाहकारले राष्ट्रपतिले भान्सले ‘मागा’ आन्दोलनको नेतृत्व सम्हाल्ने निष्कर्षमा निजी रूपमा पुगेको बताएका थिए। तर रिपब्लिकन पार्टीका केही नेताहरूले भने उत्तराधिकारीबारे अहिले नै निष्कर्ष निकाल्नु हतार हुने बताएका छन्।
विशेषगरी आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनको परिणामले रिपब्लिकन पार्टीभित्रको शक्ति सन्तुलन र सन् २०२८ को राष्ट्रपतीय दौडलाई प्रभावित गर्न सक्ने आकलन गरिएको छ।
यसैबीच, रिपब्लिकन पार्टीका दाता र कार्यकर्ताहरू सम्भावित उम्मेदवारका पक्षमा विभाजित हुन थालेका छन्। भान्सले भने सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने वा नदिने विषयमा मध्यावधि निर्वाचनपछि निर्णय गर्ने संकेत दिएका छन्।
उता रुबियोले भने सन् २०२८ को राष्ट्रपतीय आकांक्षाबारे प्रत्यक्ष रूपमा टिप्पणी गर्न अस्वीकार गर्दै आएका छन्। ट्रम्पले भान्स र रुबियो दुवैलाई उच्च मूल्यांकन गर्ने गरेको उनका निकटवर्तीहरूको भनाइ छ। यसले भविष्यमा रिपब्लिकन पार्टीभित्र दुवैबीच सहकार्य वा एउटै चुनावी टिकटमा रहने सम्भावनासमेत खुला राखेको छ।
यसरी ट्रम्पले सार्वजनिक रूपमा भान्सलाई तत्काल समर्थन नगरे पनि रिपब्लिकन पार्टीभित्र सन् २०२८ को नेतृत्वका लागि भान्स र रुबियोबीचको प्रतिस्पर्धा क्रमशः सतहमा आउन थालेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया