बिएल संवाददाता
लामो समय शेरबहादुर देउवा निकट रहेर कांग्रेस राजनीतिमा सक्रिय इलाम जिल्ला सभापति डम्बर खड्का संस्थापन पक्षको महाधिवेशनमा सहभागी भएका छन्।
आइतबारदेखि काठमाडौंमा सुरु भएको कांग्रेसको १५ औं महाधिवेशनमा सहभागी हुन आइपुगेका खड्काले आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए।
उनले युवाहरूले भरिएको पार्टी नेतृत्वले सबै नेताहरूलाई समेटेर लानुपर्ने भन्दै तल्लो तहसम्म पार्टीभित्र एकता आवश्यक रहेको बताए।
कोशी प्रदेशमा देउवा समूहको बलियो नेताका रुपमा स्थापित खड्काले उक्त समूहबाट अलग हुँदै केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका हुन्। पार्टी विभाजनलाई नयाँ नेतृत्वले मिलाएर लानसक्ने अपेक्षासहित आफू केन्द्रीय समितिमा प्रवेश गर्न चाहेको बताए।
नेविसंघबाट राजनीतिक यात्रा थालेका खड्का २०५१ सालमा नेविसंघको इलाम जिल्ला सभापति निर्वाचित भएका थिए।
कांग्रेस विभाजन हुँदा देउवा समूह रोजेका उनी २०५८ मा नेविसंघको केन्द्रीय सदस्य र २०६४ सालमा नेविसंघ केन्द्रीय उपाध्यक्ष बनेका थिए।
उनी कांग्रेसको १२औं महाधिवेशनबाट जिल्ला कोषाध्यक्षमा निर्वाचित भए।त्यसपछि महाधिवेशन प्रतिनिधि र जिल्ला सभापति निर्वाचित उनी सक्रिय समाजसेवी समेत हुन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया