बिएल संवाददाता
लामो समय शेरबहादुर देउवा निकट रहेर कांग्रेस राजनीतिमा सक्रिय इलाम जिल्ला सभापति डम्बर खड्का संस्थापन पक्षको महाधिवेशनमा सहभागी भएका छन्।
आइतबारदेखि काठमाडौंमा सुरु भएको कांग्रेसको १५ औं महाधिवेशनमा सहभागी हुन आइपुगेका खड्काले आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए।
उनले युवाहरूले भरिएको पार्टी नेतृत्वले सबै नेताहरूलाई समेटेर लानुपर्ने भन्दै तल्लो तहसम्म पार्टीभित्र एकता आवश्यक रहेको बताए।
कोशी प्रदेशमा देउवा समूहको बलियो नेताका रुपमा स्थापित खड्काले उक्त समूहबाट अलग हुँदै केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका हुन्। पार्टी विभाजनलाई नयाँ नेतृत्वले मिलाएर लानसक्ने अपेक्षासहित आफू केन्द्रीय समितिमा प्रवेश गर्न चाहेको बताए।
नेविसंघबाट राजनीतिक यात्रा थालेका खड्का २०५१ सालमा नेविसंघको इलाम जिल्ला सभापति निर्वाचित भएका थिए।
कांग्रेस विभाजन हुँदा देउवा समूह रोजेका उनी २०५८ मा नेविसंघको केन्द्रीय सदस्य र २०६४ सालमा नेविसंघ केन्द्रीय उपाध्यक्ष बनेका थिए।
उनी कांग्रेसको १२औं महाधिवेशनबाट जिल्ला कोषाध्यक्षमा निर्वाचित भए।त्यसपछि महाधिवेशन प्रतिनिधि र जिल्ला सभापति निर्वाचित उनी सक्रिय समाजसेवी समेत हुन्।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया