शनिबार, ०३ अक्टोबर २०२६

बालेन्द्र नेतृत्वको सरकार ५ वर्ष चल्छ, ल्याप्चे लगाइदिन तयार छु– रवि लामिछाने

News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकार पाँचै वर्ष चल्ने बताएका छन्।

शनिबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै लामिछानेले सरकारको नेतृत्व गर्ने विषयमा आफूहरू स्पष्ट रहेको बताउँदै बजार हल्लाको पछि नलाग्न आग्रह गरेका बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताइन्।

लामिछानेले बालेन्द्र सरकारलाई ५ वर्ष चलाउने विषयमा शंका भए आफूले ल्याप्चे लगाइदिन तयार भएको बताएको ती केन्द्रीय सदस्यले बताइन्।

बैठकमा लामिछानेले सरकार सञ्चालनका क्रममा पार्टीसँगको सहकार्य महत्वपूर्ण हुने भन्दै सहकार्यलाई प्रभावकारी बनाउने प्रतिवद्धता गरेका थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!